पोखरा फोटोग्राफर संघकाे तालिम
पोखरा ।
पोखरा फोटोग्राफर संघ पोखरा नेपालको आयोजनामा १ दिने स्टुडियो पोट्रेट, स्ट्रोब एण्ड स्पीड लाईटिङ तालिम कार्यक्रम सम्पन्न भएको छ । पोखरा फोटोग्राफर संघमा आवद्ध ४६ जना सहभागी रहेको सो कार्यक्रममा पोखरा फोटोग्राफर संघका उपाध्यक्ष एवम तालिम कार्यक्रम संयोजक भक्त तामाङ तथा जय गुरुङले विषयगत तथा प्रयोगात्मक गरि २ चरणमा तालिम प्रदान गरेका थिए । महिला विकास केन्द्र कास्की, कैलाश बचत तथा ऋण सहकारी संस्था लि तथा फोटो बैङ्क पोखराको सहयोगमा भएको हो ।
कार्यक्रमको अन्तिम दिन विजया दशमीको शुभकामना आदान प्रदान तथा प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथीमा प्राज्ञ विम्बकवि रमेश श्रेष्ठ थिए भने अध्यक्षतामा पोखरा फोटोग्राफर संघ पोखरा नेपालका अध्यक्ष रामचन्द्र पोख्रेल थिए । प्रशिक्षक भक्त तामाङ र प्रशिक्षार्थी सिता राईले आफ्नो कुरा राखेका थिए ।
पोखरा फोटोग्राफर संघ पोखरा नेपालका महिला उपसमिति संयोजक रिता पौडेल, पुर्व अध्यक्ष एवम सल्लाहाकार रविनाथ दाहाल, पुर्व अध्यक्ष संयोजक माधव मिश्र, पुर्व अध्यक्ष, सल्लाहाकार एवम फोटोग्राफर संघ गण्डकी प्रदेशका अध्यक्ष दुर्गा प्रसाद पौडेल, पोखरा फोटोग्राफर संघ पोखरा नेपालका संरक्षक गणेशलाल छवि लगाएतले आफ्नो शुभकामना मन्तव्य राख्दै पोखरा फोटोग्राफर संघ पोखरा नेपालले आयोजना गरेको तालिम कार्यक्रको प्रसंशा गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विम्बकवि रमेश श्रेष्ठले फोटोग्राफी एउटा सम्मानीत पेशा भएको कुरा राख्दै समाज संस्कृति र इतिहास लाई जिवन्त राख्न विशेष योगदान पुरायको कुरा उल्लेख गर्दै विजया दशमी तथा दिपावलीको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रम सञ्चालन पोखरा फोटोग्राफर संघ पोखरा नेपालका सचिव देवानन्द पोख्रेलले गरेका थिए । कार्यक्रमको फोटो भिडियो कार्यसमिति सदस्य अग्निधर तिमिल्सीना, प्रकाश पौडेल, शंकर कोईरालाले गरेका थिए । सम्पुर्ण सहयोगदाता तथा अतिथिलाई धन्यबाद दिदै आगामि दिनमा अझै बृहत्त तालिम तथा कार्यक्रमहरु ल्याउने बाचा गरे ।









सूचना, प्रविधि र स्टार्टअप मेला हुने
एनप्याब्सनले हरिदेवीलाई सम्मान गर्ने
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
निष्प्रभको ‘याली’ आयो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया