पाइप चोरी गर्दैगर्दा मादीका वडासदस्य खरजंग गुरुङ पक्राउ

समाधान संवाददाता
पोखरा ।
कास्कीका पूर्वी ३ गाविसका जनताका घरमा खानेपानी पु¥याउन ४० वर्षअघि थाक खानेपानी आयोजना सुरु भएको थियो । ४० वर्षअघि पञ्चायत कालमै थालिएको त्यो आयोजनामा अहिलेसम्म पौने अर्ब खर्च भइसकेको छ । तर जनताका घरमा पानी पुग्न नसकेको अवस्थामा मादी गाउँपालिका वडा नम्बर १ का वडासदस्य खरजंग गुरुङ पाइप चोरी गर्दै गर्दा रंगेहात पक्राउ परेका हुन् । गुरुङ कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । गुरुङ वाइसिएल मादी गाउँपालिका उपाध्यक्ष हुन् । माओवादी कार्यकता भएपनि उनले निर्वाचनको बेला कांग्रेसको रुख चिन्ह लिएर निर्वाचन भएका थिए ।
उनलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले असोज ५ गते राति १२ बजे पक्राउ गरको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले बताए । सरकारी लगानीको थाक खानेपानीको पाइप चोरी गरेको आरोपमा उनीसँगै ४ जनालाई पक्राउ परेको कास्की प्रहरीले जनाएको छ । चोरी भएको पाइप करिब १४ लाख आसपासको भएको खुलेको छ । यसअघि उक्त ठाउँबाट ४÷५ ट्याक्टर चोरी भएको खुलेको छ ।








समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया