बगैंचा टोलविकासको साधारण सभा

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ६ स्थित बगैंचा टोलविकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ । साधारण सभा सँगै आउँदै गरेको विजया दशमी तथा शुभदिपावलिको सन्दर्भमा शुभकामना आदान प्रदान गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै वडा नम्बर ६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराईले बैदाममा रहेको अरु टोलविकास संस्था भन्दा बगैंचा टोल विकास संस्था पृर्थक रहेको बताए । वडामा हुने प्रत्येक गतिविधिमा टोलविकास संस्था अग्रसर रहीरहेको र आफ्नो टोलमा सरसफाई देखी विभिन्न सामाजिक कार्य गर्दै आएकोमा धन्यबाद व्यक्त गरे ।
बैदाम क्षेत्र पर्यटकीय क्षेत्र भएकोले यँहाको हरेका कामहरु पर्यटकहरु बाट मुल्याङकन हुनै हुदा संस्थाले पर्यटक लाई आर्कषण हुने कार्य गर्ने आग्रह गरे । बैदाम क्षेत्रलाई ‘उज्यालो बैदाम’ बनाउने कार्यमा वडा कार्यालय लागि परेको जानकारी दिदै बैदाम क्षेत्रका मुख्य चोक र भित्री बाटाहरुमा ५० देखी ३० वाडका बिजुलीका बल्वहरु राख्नका लागि वडा बाट रु ८ लाख रुपैयाको टेन्डर आव्हान गरि काम अगाडि बढेको सुनाए ।
बैदाम पर्यटकको प्रमुख आर्कषण केन्द्र रहेको स्मरण गर्दै, ६ ठाउँमा पर्यटक र अपाङमैन्त्रि स्मार्ट शोचालय बनाउने योजना रहेकोले महानगर सँग बजेट निकासाका लागि छलफल भइरहेको बताए ।
फेवा डुंगा व्यवसायी संगठन बैदामका अध्यक्ष बलराम गिरीले संस्थालाई गतिशिल र जिवन्त बनाउनका लागि संस्थामा आवद्ध व्यक्तिहरुको भुमिका अहम हुने बताए । उनले आफ्नो कर्तव्य सहि तरिकाले निर्वाह गरेमा संस्थाको उन्नति र प्रगति हुने हुदा यसलाई व्यवहारमा लागु गर्न आग्रह गरे । वडा सदस्य बासु बरालले वडाको विकास निर्माणका लागि वडा समितिको कार्यालय स्थानीय संघ संस्थाहरु सँग सहकार्य गरि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
संस्थाका अध्यक्ष मिना ढकालले संस्थाको शाख जोगाई राख्न संस्थाका सपूर्ण सदस्यहरुको विषेश भुमिका रहने बताउँदै, सहमति र सहकार्यबाट नै संस्था सफल हुने औल्याईन् । मिना ढकालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उर्मिला ढकाल, सचिव रेनु लामिछाने र कोषाअध्यक्ष राम ढकाल लगाएतले आफ्ना भनाई राखेका थिए ।









सूचना, प्रविधि र स्टार्टअप मेला हुने
एनप्याब्सनले हरिदेवीलाई सम्मान गर्ने
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
निष्प्रभको ‘याली’ आयो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया