सृजना विकास केन्द्रमा कृष्ण

पोखरा ।
सृजना विकास केन्द्र पोखराको अध्यक्षमा कृष्ण थापा निर्वाचित भएका छन् । शनिबार भएको संस्थाको ४५ औं साधारणसभाले थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । थापाले अध्यक्षका प्रत्यासी चन्द्र गिरीलाई पराजित गरेका हुन् ।
७६ जनाले मतदान गरेको निर्वाचनमा थापाले ४२ भोट प्राप्त गरेका छन् भने गुरुङले ३२ भोट पाए । थापा अघिल्लो कार्यकालमा प्रथम उपाध्यक्ष थिए । त्यस अगाडि पनि उनले संस्थामा लामो समयदेखि विभिन्न पदमा रहेर योगदान गरेका थिए ।
संस्थाको निवर्तमान अध्यक्षमा ईन्द्रप्रसाद पौडेल, प्रथम उपाध्यक्षमा कृष्णमान ठुसाजू, उपाध्यक्षमा बिक्रमनारायण बिजुक्छे, महासचिवमा विश्व श्रेष्ठ, सचिवमा भीम पौडेल र कोषाध्यक्षमा कृष्णप्रसाद बराल निर्वाचित भएका छन् ।
सदस्यमा साबित्री बराल, बिक्रम ठूसाजू, मुक्ति सुवेदी र दानबहादुर गुरुङ निर्वाचित भए । आफूलाई अध्यक्षमा निर्वाचित गराउने संस्थाका सम्पूर्णप्रति थापाले आभार व्यक्त गरेका छन् ।









सूचना, प्रविधि र स्टार्टअप मेला हुने
एनप्याब्सनले हरिदेवीलाई सम्मान गर्ने
अधिकृत बिक्रेतामा तेजेन्द्रको नेतृत्व
निष्प्रभको ‘याली’ आयो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया