कास्कीकोट दरबारमा दसैं उत्सव

पोखरा ।
कास्कीकोट दरबारमा रहेको गुप्तकालिका मन्दिरमा घटस्थापनाको विशेष साइतमा मन्दिर प्रवेश गरिएको छ । मन्दीरमा सधैझै यस वर्ष पनि विजयादशमीको अवसरमा नव दुर्गा उत्सव हुने भएको छ । तान्त्रिक र वैदिक तरिकाले पूजा हुने यो मन्दिरमा घटस्थापनादेखि दशमीसम्म पाणा पुजारी मन्दिरमा नै बसेर पूजा गर्ने प्रचलन छ ।
यहाँ नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समिति सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए । कास्कीकोटमा दसंैको बेलामा बजाइने नगरा, १७ औं शताब्दीका ढाल, तरवार, तोपसमेत प्रर्दशन गरिने भएको छ । सप्तमीका दिन पोखराको रामघाटबाट ल्याइएको फूलपत्र र कुँवर जातिको सरुङ खेलसँग मन्दिरमा भित्राइने प्रचलन छ ।
अष्टमीका दिन राति कालरात्रिको पूजा गरेर नवमीका दिन पञ्चवली दिने र दशमीका दिन गुप्तकालिका मन्दिरमा टीका लगाएपछि विधिवत रुपमा फूल वास्पानीमा लगेर विसर्जन गर्ने गरिन्छ । दसैं उत्सवलाई व्यवस्थित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ । यो मन्दिरको दर्शन गर्नाले मनको इच्छा पूरा हुने जनविश्वास छ । यहाँ पूजा गर्न तथा पञ्चवली भाकल गर्नेहरुको भीड लाग्ने गर्छ । गुप्तकालिकामा कास्की राज्यको स्थापनासँगै यहाँ हरेक दसैंमा विषेश पूजा हँुदै आएको छ । यस ठाउँबाट नै कास्की जिल्लाको नामाकरण भएको मानिन्छ ।
लामो सयसम्म कोरोना कहरका कारण मन्दिरमा दर्शनार्थी जान पाएका थिएनन् । यस पटक पूजालाई व्यवस्थित बनाउन पोखरा २४ नम्बर वडा कार्यालयले आर्थिक सहयोगसँगै प्रर्वद्धनात्मक सहयोग गरेको वडाध्यक्ष भरतबहादुर अधिकारीले बताए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया