हाम्रो सहयोगी सहकारीको १३ औ साधारण सभामा: सहकारीलाई योगदान दिने सम्मानित

पोखरा ।
हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभामा सम्पन्न भएको छ । पोखरा महानगरपालिका ९ पृथ्वीचोकमा कार्यालय रहेको सहकारीले गण्डकी प्रदेशका कृषि सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बूढाको प्रमुख आतिथ्यतामा १३औं साधारण सभा सम्पन्न गरेको हो ।
मन्त्री बुढाले सहकारी संस्थामा सबैको अपनत्व हुने गरी सञ्चालन गर्नुपर्नेमा जोड दिदै संस्थामा सबैको अपनत्व हुने गरी सञ्चालन गर्नुपर्ने बताए । ‘सदस्यको भूमिकाका बारेमा सबैमा जानकारी हुनु आवश्यक छ । देशमा आत्मनिर्भर अर्थतन्त्र विकासका लागि सहकारीको ठूलो भूमिका रहेकाले उत्पादनमा संस्थाले लगानी गर्नुपर्ने बताए,’ मन्त्री बुढाले भने ।
१३ औं साधारण सभाको अवसरमा सहकारीले उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी तथा यसै बर्ष १२ कक्षा उत्तीर्ण सेयर सदस्यका छोराछोरीहरूलाई सम्मान गरेको छ । उत्कृष्ट कर्मचारीको रुपमा सम्झना भुजेल र उत्कृष्ट बचतकर्ता, ऊत्कृष्ट ऋृणी तथा यसै बर्ष १२ कक्षा उत्तीर्ण सेयर सदस्यका छोराछोरीहरूलाई पनि सम्मान गरिएको छ । पोखरा ३१ मा रहेको विश्वज्योति आधारभुत विद्यालयका एक छात्र र एक छात्रालाई जनही ५ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो । हाम्रो सहयोगी पत्रकारीता पुरस्कार २०७९ बाट पोखरा टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत तथा गण्डकी सन्देश प्रधान सम्पादक पुष्प दाहाललार्ई सम्मान गरिएको छ ।
साधारणसभामा जिल्ला सहकारी संघ कास्कीका सदस्य चन्द्रा पराजुली, पोखरा महानगर सहकारी समितिका सदस्य नारायण प्रसाद आचार्य, हाम्रो सहयोगी उपभोक्ता सहकारी संस्थाका संस्थापक अध्यक्ष उमाकान्त खनाल, सक्षम बचत तथा ऋण सहकारीका अध्यक्ष विश्वमित्र सुवेदी, पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाले सदस्यहरुको हितसँगै सवल अर्थतन्त्र निर्माणमा सहयोगी हुने विश्वास व्यक्त गरे ।
हाम्रो सहयोगी बचत तथा ऋण सहकारीका अध्यक्ष शुक्रराज कँडेलले महामारी पश्चातको आर्थिक मन्दी र तरलता अभावलाई अवसरका रुपमा परिणत गरिने बताउदै संस्थाको कार्यक्षेत्र पोखरा महानगरपालिकासहित रुपा गाउँपालिकामा पनि विस्तार गरी त्यस क्षेत्रमा सहकारी गतिविधि सञ्चालन गरिएको बताए ।
हाल सहकारीले पोखरा १४ बिपी मार्गमा सेवा केन्द्र सञ्चालन गरि सेवागराहीलाई सेवा दिई रहेको छ । कार्यक्रममा पोखराको न्युरोडमा रहेको लाईफ कियर डाईग्नोष्टिक एण्ड रिसर्च सेन्टरले प्रालीले निःशुल्क स्वास्थ्य परीक्षण पनि गरेको थियो । सहकारीका अध्यक्ष शुक्रराज कँडेलको अध्यक्षताम सम्पन्न कार्यक्रममा उपाध्यक्ष रूद्र बहादुर बीकले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका सचिव कृष्णप्रसाद तिमल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।
तपाईको प्रतिक्रिया