
जोमसोम ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले किसानलाई ७५ प्रतिशत अनुदानमा स्याउ प्याकिङ गर्ने कार्टुन वितरण गरेको छ । घरपझोङले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार ५ वटै वडाका स्याउ किसानलाई स्याउ प्याकिङ गर्ने कार्टुन वितरण गरेको हो ।
घरपझोङले स्थानीय स्याउ किसानका माग संकलनको आधारमा ५ केजी स्याउ अट्ने ६ हजार ३ सय ५० थान कार्टुन खरिद गरी मुस्ताङ ल्याएको थियो । पालिकाले ५ वटै वडालाई स्याउ कार्टुन किसानलाई वितरण गर्ने जिम्मा दिइसकेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ मुस्ताङले मुस्ताङका स्याउ किसानलाई ५० प्रतिशत अनुदानमा २० केजी अट्ने स्याउ प्याकिङ गर्ने कार्टुन वितरण गरेकाले घरपझोङले कार्टुनमा डुप्लिकेसन हुन नदिन ५ केजी अट्ने कार्टुन वितरण गर्न थालेको हो ।
घरपझोङले स्थानीय स्याउ किसानलाई ५२ रुपैयाँपर्ने कार्टुन ७५ छुट गरी १३ रुपैयाँमा उपलब्ध गराएको हो । पालिकाले खरिद गरेका स्याउ कार्टुन अध्यक्ष मोहनसिंह लालचनले वडा स्तरमा हस्तान्तरण गरेका छन् । अध्यक्ष लालचनले ठूला स्याउ किसानले बगैचा नै ठेक्का लगाएर व्यापारीलाई बिक्री गर्ने भए पनि साना व्यापारीले फुटकर बिक्री गर्ने भएकाले पालिकाले ५ केजीको कार्टुन अनुदानमा बितरण गरेको बताए ।
‘मुस्ताङ आउने पर्यटकले कोसेलीको रुपमा स्याउ खरिद गरी लैजान्छ, हामीले प्लास्टिक मुक्त पालिका बनाउन चाहेका छौं,’ अध्यक्ष लालचनले भने, ‘पर्यटकले कोसेली लैजान सजिलो होस र किसानलाई पनि राहत होस् भन्ने हेतुले स्याउ कार्टुन् वितरण गर्न थालेका हौं ।’
पालिकाले साना स्याउ किसानलाई लक्षित गरी ५ केजीको कार्टुन वितरण गरेको कृषि अधिकृत रोशन थकालीले बताए । मुस्ताङ आएका पर्यटकले थोरै मात्रामा स्याउ खरिद गर्ने र स्याउ लैजाने प्याकिङ कार्टुन नहुँदा समस्या पर्ने गरेकोमा पालिकाले त्यसलाई सम्बोधन गरेको कृषि अधिकृत थकालीको भनाइ छ । मुस्ताङमा भदौदेखि स्याउ टिप्न सुरु भएको हो । मुस्ताङमा उत्पादित स्याउमध्ये करिव ३० प्रतिशत जिल्लामै खपत हुने गरेको छ ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया