सत्यता सहकारीमा महिला अध्यक्षको नेतृत्व

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं २६ विजयपुरमा रहेकोे सत्यता बचत तथा ऋण सहकारी सस्थाको १० औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशले आगामी कार्यकालका लागि निकिता बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । प्राय सामाजिक संघ संस्थाहरुमा महिलालाई अध्यक्ष बाहेकका पदमा राख्ने प्रचलन भएता पनि सत्यता सहकारीमा भने बर्तमान उपाध्यक्ष निकिता बराललाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरेको हो ।
संस्थाको मंगलवार भएको अधिबेशनबाट उपाध्यक्षमा गणेश कुमार राजवंशी, सचिवमा प्रजवल अधिकारी र कोषाध्यक्षमा पुष्पराज बराललाई चयन गरेको हो भने समितिको सदस्यहरु हरिश्चन्द्र देवकोटा, नरेश पौडेल र किसोर पौडेल रहेका छन् । यसैगरि लेखा समिति संयोजकमा कोशिस रानाभाट र सदस्यहरुमा कामना रानाभाट र सुलोचना रानाभाट रहेको निर्वाचन संयोजक हेमराज बरालले जानकारी दिएका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै पुर्व मन्त्रि खगराज अधिकारीले सहकारीले कुरा एउटा गर्ने र काम आर्को गर्ने भएकाले प्रति आलोचना गर्दै हामीकोमा रहेका सहकारीहरुले उत्पादनसिल क्षेत्रमा लगानी नगरी पैसा कमाउने खेल मात्र गरेको बताएका थिए ।साथै उनले सहकारीको मर्म र भावना अनुसार सस्थालाई चलायमान बनाउनका लागि ब्यत्ति आत्मनिर्भर हुने खालका योजना ल्याउनु पर्ने सुझाव राखेका थिए ।
संस्थाका अध्यक्ष खड्क बहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष कृष्णप्रसाद अधिकारी, मुत्तिनाथ विकास वैक बुढिवजार साखाका साखा प्रमुख रामचन्द्र पौडेल, सिलिंगे कृषि सहकारी सस्थाका अध्यक्ष ठाकुर प्रसाद रानाभाट,महालक्ष्मी बिकास वैक विजेयपुर साखाका साखाका साखा प्रमुख सुर्य थापा, जनप्रिय बहुउदेश्यीय सहकारी सस्थाका अध्यक्ष रविन्द्र मोहन अधिकारी र शक्ति कृषि सहकारी सस्थाकी अध्यक्ष मिना कुमारी श्रेष्ठ लगाएतले सहकारीले कृषिमा आधारीत उत्पादनसिल क्षेत्रमा लगानी वढाउनु पर्ने सुझाव राखेका थिए ।
सस्थका कोषाध्यक्ष पुष्पराज बरालले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष निकिता बरालले गरेकी थिईन । वि स २०७० सालमा स्थापना भएको सहकारीले पछिल्लो समय छ सय २८ सेयर सदस्यहरुबाट दुई करोड ३८ लाख ७२ हजार तिन सय सेयर पुजी बनाउन सफल भएको छ ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया