जोजिजू म्युजिकल जर्नीमा ४ सम्मानित

पोखरा ।
१९ औं सस्करणको ‘जोजिजू म्युजिकल जर्नी २०७९’ को अवसरमा ४ जनालाई सम्मान गरिएको छ । जोजिजू म्युजिक सेन्टर एवं म्युजिक स्कुलले आयोजना गरेको कार्यक्रममा सम्मानित हुनेमा गायनतर्फ देउराली ब्यान्डका मुख्य भोकलिस्ट शान्तराज बज्राचार्य, बाद्यवाधनतर्फ तेज केसी, नृत्य प्रशिक्षक तर्फ गम्भीर वर्देवा र सञ्चारकर्मीतर्फ राजाराम पौडेल छन् ।
छनोट समितिमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, पोखरा सांगीतिक कलाकार संघ नेपालका अध्यक्ष सुनील थापा थिए । सम्मानित व्यक्तित्वलाई गायिका बाबा राणा, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति सल्लाहकार जबरलाल श्रेष्ठ र आयोजक संस्थाका प्रबन्ध निर्देशक विनित जोजिजूले सम्मान गरे ।
‘जोजिजू म्युजिकल जर्नी २०७९’ को आर्कषणको रुपमा विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुति राखियो । कार्यक्रममा कलाकारहरु बाबा राणा, विनित जोजिजू, एलिना गुरुङ, उषा गुरुङ, प्रिया गुरुङ, प्रकृति श्रेष्ठ, रिदम गुरुङ, मिलन गुरुङ, रञ्जित परियार र उषा गुरुङले प्रस्तुति राखे ।
यसैगरी, विपना थापामगर, अनिषा पाइजा पुन, स्वाति न्यौपाने, जेनिसा छत्याल, वेनिसा श्रेष्ठ, मोनिका श्रेष्ठ, केल्विन शेरचन, गौरव थापा, अर्जुन नकर्मी, पूर्ण गुरुङ, प्रशान्त न्यौपाने, अजेश विक, स्मृति राई, उत्पेरणा जोजिजू, श्रीकृष्ण अधिकारी, आशीष भट्टराई, दीपेश मल्ल, सुदीप ठकुरी, स्वस्तिक गिरी, कृष्टि पाठक, विमिषा श्रेष्ठ, मिरिस्ता गौचन लगायतले गायन प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन दिए ।
लाइभ म्युजिकका लागि तबलामा पप्पु थापा मगर, किर्बोडमा सुनील रानामगर, बाँसुरीमा भोजेन्द्र अधिकारी, प्याड ड्रममा प्रेम थापामगर, बेस गीतारमा सागर गुरुङ, लिड गीतारमा शंकर गुरुङ, ड्रम सेटमा उत्प्रेम जोजिजू र विधान वर्देवा, मादलमा पविन कान्छाले साथ दिएका थिए ।
भायोलियन प्रस्तुतिमार्फत सानु जोजिजू, पुर्खा पुन, श्रीकृष्ण परियार, अनु रेग्मी, मनिता श्रेष्ठ, रक्षा श्रेष्ठ, सुशील गौतम, सम्वृद्धि गुरुङ, बैभव थापाले दर्शकलाई मनोरञ्जन दिए । अनिमेश श्रेष्ठ, प्रियंका, अविशा गुरुङ, सुप्रिया नेपाली, सुष्मा गुरुङ, रोश्नी क्षेत्री, सपना गुरुङ, अञ्जली गुरुङ, सुशिला गुरुङ, सुमन गुरुङ, सुजल गुरुङ, टिका जंग गुरुङ, रोशन गुरुङ, सुविना गुरुङ, कृष्ण कुमारी गुरुङ, प्रिति गुरुङ, रेशम गुरुङ, माया गुरुङ लगायतका कलाकारको नृत्यले समेत दर्शकको ध्यान खिच्यो ।
संस्थाका प्रबन्ध निर्देशक विनित जोजिजूले म्युजिक सेन्टरले संगीतको ज्ञान दिनेमात्रै नभएर निरन्तर नयाँ प्रतिभालाई प्रतिभा देखाउन मञ्चसमेत प्रदान गर्दै आएको बताए ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया