मझेरी सहकारीको सभा
पोखरा ।
मझेरी बचत तथा ऋण सहकारी पोखरा १४ को साधारणसभा मंगलबार भएको छ । सभामा पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले सहकारीहरु अब अनिवार्य रुपमा उत्पादन क्षेत्रमा लाग्नैपर्ने बताए । उनले वडा भित्र रहेका सहाकारीबीच सम्वन्ध कायम गर्ने वातावरण बनाइने उनको भनाइ छ ।
सहकारीका अध्यक्ष रामचन्द्र कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष गनेस पौडेल, शिक्षा उपसमिति सदस्य कमलराज ढुंगाना, निवर्तमान अध्यक्ष कृष्णबहादुर कुवँर, सचिव शिवराज कँडेल लगायतले बोलेका थिए । समारोहमा ७० वर्ष पुगेका सेयर सदस्यहरु कौशिला पराजुली, जमुना कार्की, केशबहादुर गुरुङ, नारायणप्रसाद पौडेल, बालकृष्ण अधिकारीलाई ज्येष्ठ नागरिक सेयर सदस्य सम्मान गरियो ।
असल बचतकर्ता पुरुषमा विष्णुबहादुर खत्री र महिलामा नुलमाया रानामगर, असल कारोबारमा पुरुषतर्फ शिवबहादुर बानिया र महिलामा पवित्रा तिमिल्सना सम्मानित भए । सहकारीले नवनिर्वाचित वडाध्यक्ष कार्की र वडा सदस्य तनुजा थापा सिकेलाई सम्मान गरेको छ । सभाले अध्यक्ष, लेखा समिति र कोषाध्यक्षको प्रतिवेदन छलफलसहित पारित गरेको छ ।








तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया