सुनासमा रवीन्द्रको नेतृत्व

पोखरा ।
सुनासको ८ औं अधिवेशन तथा १६ औं वार्षिक साधारण भएको छ । अधिवेशनले रवीन्द्रनाथ बास्तोलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । उपाध्यक्ष सिरोजविजय कोइराला, सचिव विष्णुप्रसाद अधिकारी, सहसचिव विष्णुप्रसाद पौडेल र कोषाध्यक्ष शान्ति गुरूङ निर्वाचित भए ।
सदस्यमा लोकनाथ गौतम, शिवहरि आचार्य, ईन्दिरा भन्डारी, त्रिभुवन पौडेल, मञ्जु गौतम र चित्र सुनार चयन भएको निर्वाचन समिति संयोजक पुण्य पौडेलले जानकारी दिए । कार्यक्रममा गण्डकी प्रदेश निमित्त प्रमुख सचिव रामप्रसाद आचार्य, सल्लाहकार आनन्दराज मुल्मी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग उपसचिव राजु कुँवर, विद्युत प्राधिकरण प्रमुख ऋषिकुमार बरनवाल, प्रदेश प्रहरी उपरीक्षक खड्ग खत्री लगायतले सुशासन प्रवद्र्धनमा सुनासले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र अब पनि नीतिगत र प्रक्रियागत भ्रष्टाचार न्यूनीकरणमा नागरिक समाजको खबरदारी निरन्तर रहनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा सचिव विष्णु अधिकारी तथा कोषाध्यक्ष विश्वमोहन अधिकारीद्वारा प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित भएका छन् ।








राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया