शुभकामना आदानप्रदान

पोखरा ।
नेपाल राष्ट्रिय शिक्षक संगठन पोखरा महानगर समितिले विजयादशमी, दीपावली, छठ, नेपाल संवत लगायतका चाडपर्वको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम गरेको छ । कार्यक्रममा राष्ट्रिय समितिका सचिव रामप्रसाद पोखरेलले अब विकासको आधार भौतिक विकासमात्र नभई मानसिक र बौद्धिक विकास हुनुपर्ने बताए । हरेक मानिस आफ्नो पेसामा मस्त, व्यस्त र शारीरिक तथा मानसिक रुपमा स्वस्थ भएमा जीवन सफल हुने भन्दै वडादसैंको शुभकामना दिए ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य लोचना अधिकारीले शिक्षक महासंघले शिक्षकका हकहितका लागि केन्द्रीय तहबाट गरेका कार्यका बारेमा जानकारी दिइन् । नेकपा एमाले पोखरा महानगर समिति अध्यक्ष दिलीप न्यौपानेले आउने चुनावमा नेकपा एमालेलाई लोकप्रिय बनाउन शिक्षकहरुले भूमिका खेल्नुपर्ने बताए । उनले नेकपा एमाले घेराबन्दीमा परेको भए पनि कार्यकर्ता सकारात्मक ऊर्जाका साथ लाग्नुपर्ने उल्लेख गरे ।
नेपाल राष्ट्रिय शिक्षक संगठन कास्की अध्यक्ष रोमहर्षण पौडेलले अबको लडाई अरुसँग मात्र नभएर आफूमा भएका रिस, लोभ, वासना लगायतका नकरात्मक कुरामाथि विजयी हुनुसफल हुनु हो भन्दै अरुलाई हराउनअघि आफूलाई जित्न शुभकामना दिए । कार्यक्रममा नेपाल शिक्षक महासंघ कास्की अध्यक्ष बोधराज पौडेल, पेसागत महासंघ कास्की सहसचिव जीवन सुवेदी, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका सचिव बाबुराम भुजेल, महानगर उपाध्यक्ष देवी केसी, सचिव यामनारायण लामिछाने लगायतले बोलेका थिए ।
कार्यक्रम नेराशिसं पोखरा महानगर कमिटी अध्यक्ष विष्णुहरि त्रिपाठीको अध्यक्षतामा भएको थियो ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया