चण्डी माईमा नवदुर्गा पूजा
पोखरा ।
पोखरा–९ दरबारथोकमा रहेको ऐतिहासिक तर प्रचारप्रसारको अभावमा पछाडि परेको चण्डी माई मन्दिरमा नवदुर्गा पूजा तथा चण्डी पाठ सोमबार घटस्थापनाको दिनदेखि सुरु भएको छ । चण्डी माई सेवा समितिको निर्णय बमोजिम गठन भएको नवदुर्गा पूजा तथा चण्डी पाठ मुल आयोजक समितिको आयोजनामा भएको पूजा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले सुरुआत गरे ।
मन्त्री थापाले स्थानीय आवश्यकता हेरी स्थानीय तथा प्रदेश सरकारले सहयोग गर्ने भएकाले पूजालाई निरन्तरता दिन सरकारले सघाउने बताए । सो अवसरमा टोल विकास संस्थाका उपाध्यक्ष सूर्यभक्त सिग्देल र चण्डीका आमा समूह अध्यक्ष गंगा सुवेदी, चण्डी माई मन्दिरका पुजारी प्रकाश अधिकारीले पूजा आयोजना हुनु सकरात्मक भएको बताए ।
चण्डी माई मन्दिर परिसरमा २०६९ देखि दुर्गा पुजा गरिँदै आएको छ भने मन्दिरमा निर्माण गरिएका दुर्गा, गणेश, कुमार, सरस्वती, लक्ष्मी लगायतका देवदेवीका स्थायी मुर्ति बनाइएकाले श्रद्धालु भक्तजनको भिड लाग्ने गरेको पूजा व्यवस्थापन समितिका सदस्य कृष्ण रानाभाटले बताए ।
कार्यक्रम समितिका संयोजक बुद्धिबहादुर रानाभाटको अध्यक्षतामा भएको थियो ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया