बरेली पौडेलको कुलपूजा

पोखरा ।
पोखरा ३३ भरतपोखरीको बर मुल थलो भएका बरेली पौडेलको कुलपूजा २२ मंसिर धान्य पूर्णिमाका दिन हुने भएको छ । कुलपूजा लगायतमा छलफल गर्न सोमबार बरमाझथरको सिलिंगेमा आयोजित भेलामा कुलपूजालाई प्रभावकारी रुपमा सम्पन्न गर्ने लगायतका विभिन्न विषयमा छलफल गरी निर्णय गरिएको बरेली पौडेल बंशावली तथा कुलपूजा व्यवस्थापन समिति अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए ।
कुलपूजाको सूचना तथा प्रचारप्रसारका लागि वासुदेव पौडेलको संयोजकत्वमा डण्डपाणि पौडेल र दामोदर पाध्या पौडेल सदस्य रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ । बैठकले बरेली पौडेल बंशावली तथा कुलपूजा व्यवस्थापन समितिको नाम संशोधन गरी बरेली पौडेल बंश तथा कुलपूजा व्यवस्थापन समिति राख्ने निर्णय गरेको छ ।
अध्यक्ष राजुप्रसाद पौडेलको अध्यक्षता एवं सचिव कमलप्रसाद पौडेलले सञ्चालनमा भएको कार्यक्रममा कोषाध्यक्ष शान्ति पाध्या, सल्लाहकारहरू सोमनाथ पौडेल, चर्तुभुज शर्मा पौडेल, तिलकराम पौडेल, गुरुप्रसाद पौडेल, शंकरप्रसाद पौडेल, रामनाथ पौडेल लगायतले बोलेका थिए । भेलामा आगामी दिनमा कुल मन्दिरको दीर्घकालीन व्यवस्थापन लगायतका विषयमा समेत छलफल गरेको छ ।








१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया