किसान बहुउद्देश्यीयमा मोतीराम
पोखरा ।
किसान बहुउद्देश्यीय सहकारी पोखरा २५ हेमजाको २० औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशन सोमबार भएको छ । अधिवेशनले मोतीराम तिमिल्सिनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा भगवती बजगाई, सचिव बुद्धिप्रसाद बास्तोला, कोषाध्यक्ष झम्कनाथ तिमिल्सिना र सहसचिवमा लक्ष्मी अधिकारी तिमिल्सिना छन् ।
सदस्यमा श्यामबहादुर कुवँर, अरूणा घिमिरे, जनार्दन बास्तोला र टीकामाया श्रेष्ठ चयन भएका छन् । दुर्गादत्त पौडेलको संयोजकत्वमा लेखा तथा सुपरिवेक्षण समिति चयन भएको छ । समिति सदस्यमा अप्सरा तिमिल्सिना र सञ्जय घर्ती छन् ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न. २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिना, सहकारी रजिस्ट्रार कार्यालय गण्डकी प्रदेशका शाखा अधिकृत चोलाकान्त वाग्ले, वडा सदस्य धन कुमारी पोखरेल तिमिल्सिना, सफल कृपा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनबहादुर थापा, गौरी शंकर बचत तथा ऋण सहकारीका अध्यक्ष रुद्रनाथ पौडेल र सेयर सदस्य जितबहादुर कार्की, उपाध्यक्ष ऋषि तिमिल्सिना, शिक्षा उप समिति संयोजक तिलकप्रसाद तिमिल्सिना, सचिव गोविन्दराज पौडेल, कोषाध्यक्ष बुद्धिप्रसाद बास्तोला, सचिव गोविन्दराज पौडेल लगायतले बोलेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष मोतीराम तिमिल्सिनाको अध्यक्षतामा भएको थियो ।









शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कांग्रेस विशेष महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी, मधेसबाट सबैभन्दा बढी
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया