कोटभैरवमा घटस्थापना

पोखरा ।
पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित मल्लकालीन कोटभैरव मन्दिरमा सोमबार घटस्थापना गरिएको छ । प्रत्येक वर्षको आश्विन शुक्ल प्रतिपदाको दिनमा घटस्थापना गर्ने प्राचीन प्रचलन अनुरुप विधिवत् रुपमा घटस्थापना गरिएको कोट भैरव मन्दिर संरक्षण एवं पूजा व्यवस्थापन समितिका कोषाध्यक्ष कर्णकुमारी महतले जानकारी दिइन् ।
मन्दिरमा घटस्थापना गरी दैनिक दुर्गा पाठ गरिने र सप्तमीका दिनमा फूलपाती भित्राउने, महाअष्टमी, महानवमीको विशेष पूजा गरिने उनको भनाइ छ । मन्दिरमा विजयादशमीका दिन सामूहिक टीकाप्रसाद ग्रहण गर्ने प्रचलन छ । यसैबीच घटस्थापनाकै अवसरमा मनियलडाँडाबाट कोटभैरव मन्दिर जाने बाटो सामूहिक रुपमा सरसफाई गरिएको सिलिंगे महिला चेतना समूहका सचिव सीता केसी महतले बताइन् ।
मन्दिरको दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण विशेषतः आश्विन शुक्ल पक्षका अवसरमा कास्कीसहित स्याङ्जा, तनहुँ लगायत आसपासका स्थानबाट ठूलो संख्यामा दर्शनार्थी यहाँ आउने गरेका छन् ।
तपाईको प्रतिक्रिया