संगीतालाई राजु राईको आर्थिक सहयोग

पोखरा ।
रामबजार भीमसेनटोल विकास समितिका सचिव राजु राईले कालिका मावि कक्षा ११ अध्यनरत संगीता लामालाई आर्थिक सहयोग गरेका छन् । लामालाई शैक्षिक सामाग्री खरीद गर्न राईले १० हजार सहयोग गरेका हुन् ।
आर्थिक अवस्था कमजोर भएको र बाल्यकालमै बुवा गुमाएकी लामाकी आमाको पनि शारिरीक अपांगता छिन् । राईले पोखरा १७ टुटुङगा निवासी किड्नीमा समस्या भएका बुद्धि गुरुङ र फुलबारी ११ मा बस्ने साबित्री भुजेललाई जनहि ५/५ हजार नगद सहयोग समेत गरे ।
समाजमा आर्थिक अभावले पढ्न बाट बन्चित तथा स्वास्थ्य उपचार गर्न नसक्नेलाई आफुले विगत देखीनै सहयोग गर्दै आएको राईले बताए । ‘कोहि पनि मानिस पैसाकै अभावले अकालमा ज्यान गुमाउनु नपरोस्, धर्म कमाउन कुनै मन्दिर धाउनु नपर्ने जिउँदो आत्मानै जिउँदो भगवान हुन्,’ उनले भने ।
कार्यक्रममा विद्यालयका सहप्रअ बासुदेब अधिकारी, समाजसेवि गणेशलाल प्रधानको उपस्थिति थियो ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया