कुष्ठरोग आश्रमलाई मिनाको साथ
समाधान संवाददाता
२०७९ असोज १४ गते ११:४९

पोखरा ।
निवर्तमान सांसद एवं समाजसेवी मिना गुरुङले कुष्ठरोग आरोग्य आश्रमलाई सहयोग रेकी छन् । १२ असोजमा पर्ने आफ्नो जन्मदिनको सन्दर्भमा उनले बिहीबार आश्रममै पुगेर १५ हजारबराबरको खाद्यान्न प्रदान गरेकी हुन् ।
आश्रमका कार्यालय प्रमुख टेकमान प्रधानांग र अध्यक्ष सुवास तज्जियालाई उनले खाद्यान्न हस्तान्तरण गरेकी हुन् । गुरुङले नेपाल पत्रकार महासंघमा स्थापना गरेको अक्षयकोषबाट बर्सेनी उनको जन्मदिनको सन्दर्भमा मिना सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गर्ने गरिएको छ ।
समाजका वास्तविक पीडित र तल्लो वर्गको सेवा लागेको संस्थालाई थोरै भए पनि सहायता मिलोस् भनी आफूले सहयोग गरेको उल्लेख गरिन् । निवर्तमान सांसद गुरुङ आम निर्वाचनका लागि कास्की २ खमा एमालेबाट सिफारिसमा परेकी छन् ।
सम्बन्धित








राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया