हिमालपारीका सुरक्षाकर्मीले भित्र्याए फुलपाती

वडा दशैं अन्तर्गत घटस्थापनाको आज आईतबार सातौं दिन । यस अवसरमा नेपालीहरको घरघरमा स्थापना गरिएको देवी समक्ष अर्पण गर्न फुलपाती भित्र्याईने प्रचलन छ । हिमालपारीको जिल्ला मुस्ताङका सुरक्षाकर्मीले आईतबार फुलपाती भित्र्याएका छन् ।
नेपाली सेना, सशस्त्र प्रहरी, र नेपाल प्रहरीले मुस्ताङ सदरमुकाम स्थित आ–आफ्नो व्यारेकमा रहेका जमरा घरमा फुलपाती भित्र्याएका छन् ।मुस्ताङको जोमसोम स्थित नारायण दल गण, सशस्त्र प्रहरी बल ३३ नं. गुल्म र जिल्ला प्रहरी कार्यालय मुस्ताङका सुरक्षा निकायले आ–आफ्नो व्यारेक र कार्यालयमा फुलपाती भित्र्याउने कार्य सम्पन्न गरेका छन् ।
फुलपातीका दिन नेपाली सेनाले सैनिक धुन र शंख बजाउँदै फुलपाती लिन जोमसोममा रहेको गणेश मन्दिरमा पुगेको थियो ।
नेपाली सेनाको नारायण दल गणको नेतृत्वमा फुलपाती भित्र्याईएको हो । फुलपाती लिन गएका सुरक्षाकर्मीले फुलपाती रहेको गणेश मन्दिरमा संयुक्त सलामी अर्पण गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक यज्ञमान साउथले जानकारी दिए । त्यहाँ राखिएको फुलपातीलाई विधिपूर्वक पुजारीले पुजाआजा गरेको थिए ।
घटस्थापनाको दिनदेखि वैदिक विधिपूर्वक दुर्गा भवानीलाई आह्वान गरी पुजाआजा गरिएको दशैंघर अथवा पुजाकोठामा शुभसाईतको प्रतिकको रुपमा फुलपाती भित्र्याउने गरिन्छ ।बेलपत्र,दारिम,हलेदो, केराको बोट,उखु,धान,जयन्ती र अशोकको फुललाई फुलपातीका दिन घरघरमा स्थापना गरिएको देवी समक्ष अपर्ण गरिने गरिन्छ ।






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया