कास्की क्षेत्र नम्बर २ बाट महादेव गुरुङको मनोनयन दर्ता

पोखरा ।
पार्टी नेतृत्वको सत्ता गठबन्धनका विरुद्ध विद्रोह गर्दै नेपाली कांग्रेसका पुराना नेता महादेव गुरुङले उम्मेदवारी दर्ता गरेका छन् ।
गुरुङले प्रतिनिधि सभा तर्फ कास्की जिल्ला निर्बाचन क्षेत्र नम्बर २ बाट उमेद्वारी दिएका हुन् । गुरुङको प्रस्तावक बाल गोपाल श्रेष्ठ र समर्थकमा सूर्यप्रसाद लमसाल छन् ।
यो निर्बाचन क्षेत्र सत्ता गठबन्धनको भागबण्डामा नेकपा एकिकृत समाजवादीको भागमा परेको छ । सत्ता गठबन्धनबाट नेकपा एसका श्रीनाथ बरालले टिकट पाएका छन् । उनल आफ्नो उम्मेदवारी गठबन्धन विरुद्धको विद्रोह गर्दै भएको बताए । उनले भने, ‘मुलुक बचाउनका लागि मैलै चुनाव लड्नै पर्ने भयो । विपीले भन्नु भएको सम्झे, जब मुलुक संकटमा पर्छ त्यो बेला मुठी माटो हातमा लिएर त्यो माटोलाई सोध, माटोले जे भन्छ त्यही गरें । मैले यसै गरे र माटोले मलाई निर्बाचन लड्न आदेश दियो । मेरो उमेद्वारी मुलुक जोगाउन र हिन्दु राज्य पुनस्थापना गर्नका लागि हो ।’








नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया