रामबजार मिलन केन्द्रले गर्यो ज्येष्ठ नागरिकलाई सम्मान

पोखरा ।
पोखरा १० रामबजारमा रहेको रामबजार ज्येष्ठ नागरिक मिलन केन्द्रले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । २५ औँ अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ८० बर्ष भन्दा माथिका ३२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।
कार्यक्रम उद्घाटन गर्दै वडाध्यक्ष राजेश गुरुङले केन्द्रले ज्येष्ठ नागरिकलाई सम्मान गरि ज्येष्ठ नागरिक प्रति जिम्मेवार बनाउने सन्देश दिएको बताए । केन्द्रलाई वडाले सहयोग गर्ने उनले प्रतिबद्ध गरे ।
स्वागत मन्तव्य राख्दै संस्थाका उपाध्यक्ष माया गुरुङले ज्येष्ठ नागरिक भनेका जिउँदा भगवान हुन् उनीहरुलाई माया र सम्मान दिनुपर्ने बताइन् । ज्येष्ठ नागरिक प्रेरणाका स्रोत रहेको उनले भनिन् ।
ज्येष्ठ नागरिकको तर्फबाट बोल्दै मनबीर गुरुङले ज्येष्ठ नागरिकलाई सम्मान गरी हौसला बढाउने काम गर्नुपर्ने भनाई राखे । छोराछोरी र समाजलाई ज्येष्ठ नागरिक प्रति सकरात्मक हुनुपर्दछ भन्ने सन्देश दिएको भन्दै संस्थालप्रति खुशी व्यक्त गरे ।
संस्थाका सचिव ज्ञानबहादुर थापा हिमाली साँस्कृतिक परिवारको अध्यक्ष तथा संस्थाका सदस्य हर्कबहादुर गुरुङ कास्की जिल्ला जसपाको अध्यक्ष पदमा निर्वाचित भएकोमा केन्द्रले सम्मान गरेको थियो ।
मेजर शुभसिंह गुरुङले २ लाख ५१ हजार, मनिराज थापाले २५ हजार १२५ रुपैँया, योगबहादुर गुरुङले ७ हजार १ सय, बलबहादुर गुरुङले ५ हजार , श्रीमाया श्रेष्ठले ५ हजार ५५, शुभकली नेपालीले ३ हजार आर्थीक सहयोग गरेका थिए ।
कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष थमनसिंह गुरुङले गरेका थिए । कार्यक्रमको संयोजक संस्थाका सदस्य प्रेमबहादुर गुरुङले गरेका थिए भने कार्यक्रम संञ्चालन संस्थाका सचिव थापाले गरेका थिए ।
तपाईको प्रतिक्रिया