मुस्ताङमा एमालेलाई राप्रपाको साथ
समाधान संवाददाता
२०७९ असोज २८ गते १२:३१

जोमसोम ।
१ प्रतिनिधि र २ प्रदेशसभा रहेको मुस्ताङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच सहकार्य भएको छ । बुधबार एमालेलाई राप्रपाले चुनावमा सघाउने निर्णय गरेको हो ।
दुई पार्टीका नेताहरुले यस्तो सहमति गरेका हुन् । सहमतीपछि राष्ट्रिय प्रजातन्त्र पार्टी मुस्ताङले यसअघि प्रतिनिधि सभा र प्रदेशसभामा दिएको उम्मेदवारी फिर्ता लिएको राप्रपा मुस्ताङका अध्यक्ष गुञ्ज हिराचनले जानकारी दिए । एमालेलाई समर्थन गर्ने गरी राप्रपाबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका मानबहादुर विक र प्रदेश खबाट उम्मेदवारी दिएका जेम्स हिराचनले उम्मेदवारी फिर्ता लिएका छन् ।
मुस्ताङमा ५ दलका ११ जना र २ स्वतन्त्र गरी १३ जनाले उम्मेदवारी दिएका थिए । यहाँ प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका डा. सुरेन्द्र शेरचन र सुरज लालचनले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
सम्बन्धित








संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया