पुरुष ह्यान्डबलमा गण्डकीलाई स्वर्ण

पोखरा ।
गण्डकी प्रदेशले पुरुष ह्यान्डबलतर्फ पहिलो स्वर्ण पदक जितेको छ । आठौं राष्ट्रिय खेलकुदको इतिहास दो¥हाउँदै गण्डकीले ह्यान्डबलमा स्वर्ण पदक जितेको हो । शनिबार भएको फाइनल खेलमा गण्डकीले विभागीय आर्मीलाई ४३–३६ ले पराजित गर्दै स्वर्ण हात पार्यो ।
स्वर्ण जितेसँगै पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नै गण्डकीले पहिलो स्वर्ण जितेको हो । फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका पुरुषतर्फ गण्डकीका गोलरक्षक विशाल नेपाली र आर्मीकी देवु सापकोटालाई गण्डकी प्रदेशका निवर्तमान सदस्य सचिव तेज गुरुङ र भारतीय ओलम्पिक कमिटी कोषाध्यक्ष आनन्देश्वर पाण्डेले जनही नगद १० हजार नगद प्रदान गरेका थिए ।
विभागीय आर्मीले रजत पदक जितेको छ । विभागीय सशस्त्र एपीएफले कास्य पदक जितेको छ । एपिएफले शनिबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा लुम्बिनीलाई ३५–१३ ले हराउँदै कास्य पदक जितेको हो ।
२०४० सालमा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदमा समेत गण्डकीले स्वर्ण पदक हात पारेको थियो ।
महिला ह्यान्डबलमा आर्मीलाई स्वर्ण
नवौं राष्ट्रिय महिला ह्यान्डबलमा विभागीय आर्मीले स्वर्ण पदक जितेको छ । आर्मीले अर्को विभागीय क्लब एपिएफलाई १७–१६ ले हराउँदै स्वर्ण पदक जितेको हो ।
एपिएफले रजत पदक जितेको छ । गण्डकी प्रदेशले कास्य पदक जितेको छ । शनिबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले प्रदेश–१ लाई २२–७ ले हराउँदै कास्य पदक जितेको हो ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया