आधा धर्तीलाई जनताले साथ दिन्छन्ः गुरुङ

समाधान संवाददाता २०७९ असोज ३० गते ११:३४

पोखरा ।
एमाले नेता मिना गुरुङले चुनाव संघीयतालाई मजबुत बनाउँदै समृद्धिको जग राख्ने ऐतिहासिक अवसर भएको बताएकी छन् । उनले विगतको कार्यशैली, अवलम्बन गरेका सिद्धान्त र अहिलेका प्रतिवद्धता हेरेर जनताले आफ्ना जनप्रतिनिधि चुन्नुपर्ने उल्लेख गरिन् ।

Advertisement

तामाङ बौद्ध सेवा समिति पोखरा १३ को शनिबार भएको १३ औं साधारणसभामा उनले दलहरुले अपेक्षा अनुरुप महिलालाई प्रत्यक्षमा उम्मेदवार उठाउन नसकेको बताइन् । एमालेबाट कास्की २ खकी उम्मेदवार उनले भनिन्, ‘प्रत्यक्षमा हामी आधा धर्ती ओगट्ने महिलाले ९ प्रतिशतमा मात्र टिकट पाएका छौं । मलाई विश्वास छ, हाम्रा मतदाताले त्यो प्रतिशत अझै घटाउने गरी मतदान गर्नुहुने छैन ।’

उनले गएको कार्यकालमा आफूले सुरु गरेका अधुरा काम पूरा गर्न र आर्जित अनुभव उपयोग गर्न फेरि प्रदेशसभामा जान लागेको बताइन् । गएको कार्यकालमा उनी गण्डकी प्रदेशसभामा समानुपातिक सांसद थिइन् । उनले आदिवासी, जनजाति र पछाडि परेको वर्गलाई मूलधारमा ल्याउन यही क्षेत्रका अगुवाहरुले सार्थक पहल गर्नुपर्नेमा जोड दिइन् । गुरुङले भनिन्, ‘बाच्न सबैले जानेकै हुँदै रहेछ, सार्थक रुपमा बाच्न कमैले मात्र जानेको हुँन्छ ।’

Advertisement

सभामा सहसचिव पवित्रा तामाङले वार्षि कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष बुद्धिमाया तामाङले आर्थिक प्रतिवेदन र अध्यक्ष विष्णु योञ्जन तामाङले भावी कार्ययोजनासहितको प्रतिवेदन पेश गरेका थिए । यस्तै, सभाले तामाङ बौद्ध आमा समूहका सचिव शान्ति तामाङ र कोषाध्यक्ष सीता तामाङले पेश गरेका वार्षिक कार्यप्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनसमेत पारित गरेको छ ।

समितिका अध्यक्ष विष्णु योञ्जन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शेरजंग वाइवा तामाङ, कोषाध्यक्ष बुद्धिमाया तामाङ, सहसचिव पवित्रा तामाङ, नेपाल तामाङ घेदुङका पूर्व अध्यक्ष धनप्रसाद डुमजन, एमालेबाट कास्की १ का उम्मेदवार मनबहादुर गुरुङ, नेपाल तामाङ संघीय घेदुङका उपाध्यक्ष दीपक वाइबा तामाङ, नेपाल तामाङ घेदुङ पोखरा महानगर समिति अध्यक्ष शिबु ब्लोन तामाङ, आमा समूह अध्यक्ष पुष्पा तामाङ, घेदुङ पोखरा महानगर समिति कोषाध्यक्ष जसपाल पाख्रिन, सचिव अन्जना डुमजन, संस्थाका सल्लाहकार नासु रामप्रसाद साम्देन, उपाध्यक्ष शेरजंग वाइबा, शान्ति थीङ, सहसचिव पवित्रा तामाङ, आमा समूहकी अध्यक्ष पुष्पा तामाङ लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया