टीकाको साइत बिहान ११ः३७ बजे

समाधान संवाददाता २०७९ कार्तिक १ गते ११:०५

काठमाडौं ।
यो वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ । समितिले सोमबार विज्ञप्ति जारी गर्दै यो समय नेपालका लागि उपयुक्त समय भएको जनाइएको छ । यद्यपि, दिनभर अनुकूल समयमा टीका लगाउन बाधा नपर्ने समितिले जनाएको छ ।

Advertisement

भारत, अमेरिका, बेलायत लगायत देशमा भने फरक–फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक मनाइन्छ । तिहारमा कात्तिक कृष्ण त्रयोदशीको साँझदेखि कात्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीप दान गरिन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया