रमेशलाई व्यथित काव्य सम्मान

समाधान संवाददाता २०७९ कार्तिक १ गते ११:५८

पोखरा ।
साहित्यिक पत्रकार संघले स्वर्ण महोत्सवको अवसमार प्राज्ञ रमेश श्रेष्ठलाई व्यथित काव्य सम्मान प्रदान गर्ने भएको छ । नेपालमा टिकटमा एकल कविता वाचन कार्यक्रम सुरुवात गर्ने श्रेष्ठले देश, विदेशमा धेरै पटक टिकटमा एकल कविता सुनासकेका छन् ।

Advertisement

कवि श्रेष्ठका नपोतिएका रंगहरु (गीत संग्रह) २०५२, चराहरुको पहाड (कविता संग्रह) २०५५, आमा नदीहरु (कविता संग्रह) २०५७ बुद्ध बिम्ब अक्षर बिम्ब (कविता संग्रह) २०५८, क्ष्ल तजभ ल्बmभ या द्यगममजब (अङ्ग्रेजी भाषाको कविता संग्रह) २०५८, घाँस उखेलिरहेकी केटी (कविता काव्य) २०६०, रोदी रोएको देशमा (काव्य) २०६२, कविता र साँझ (कविताको श्रव्य दृश्य ख्ऋम्) २०६४ (नेपाली कविताको पहिलो श्रव्यदृश्य), अक्षरको खेत (कविता संग्रह) २०६५, चोक र तमसुक (२०६७) खण्डकाब्य, कविताको उज्यालो (२०७०) कविता संग्रह, रङहरूको गीत (२०७३) कविता र चित्रकला संग्रह, अग्निनृत्य (२०७४ काव्य साझा प्रकाशन) बाट प्रकाशित भइसकेको छ । आँसुमा खसेको पृथ्वी (कविता संग्रह) र मलामी पहाड र सारङ्गी (कविता काव्य) शीघ्र प्रकाशोन्मुख छन् ।

कविहरु उदय निरौला २०७४, श्रवण मुकारुङ २०७५, कृसु क्षेत्री २०७७ मोमिला जोशी २०७८ र गीता कार्कीलाई २०७९ को व्यथित काव्य सम्मानबाट सम्मानित गरिने संघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । संघले व्यथित काव्य डायस्पोरा सम्मानबाट कविहरु हेमन्त श्रेष्ठ (अमेरिका), गोवद्र्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुन ज्ञवाली (अमेरिका) लाई सम्मानित गर्ने जनाइएको छ ।

२०३९ मा स्थापना भएको व्यथित काव्य पुरस्कार सम्मान नेपाली साहित्य जगतमा प्रतिभाशाली कविलाई साहित्यिक पत्रकार संघबाट प्रदान गरिँदै आएको छ । कवि कृष्ण जोशीको संयोजकत्वमासाहित्यकार प्रमोद प्रधान र डा. दामोदर पुडासैनी सदस्य रहेको सिफारिस समितिको सिफारिसमा संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको बैठकले सम्मान गर्ने निर्णय गरेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया