पोखरामा पुष्प मेला हुने

पोखरा ।
फ्लोरीकल्चर एशोसियशन नेपाल कास्कीले छैठौं गोदावरी पुष्प प्रदर्शनी तथा गण्डकी प्रादेशिक पुष्प मेला गर्ने भएको छ । पोखरा रंगशालामा कात्तिक ४ गते देखि ६ गते सम्म मेला हुने भएको हो ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्धेश्यले मेला आयोजना गर्न लागिएको एशोसियसनका अध्यक्ष तथा मेलाका संयोजक डीलबहादुर गुरुङले बताए । मेलामा विभिन्न नर्सरीको उत्पादन, बिक्रीवितरण, व्यावसायिक विकास र पुष्प पारखीहरुको जमघट हुने उनको भनाई थियो ।
सकारले पुष्प व्यवसायका लागि कुनै पनि प्रकारको सहयोग नगरेको एशोसियसनका सल्लाहकार दयाकुमार द्धाको गुनासो थियो । ‘पुष्प पनि कृषि क्षेत्रभित्रकै .. हो तर कृषिमा अनुदान, सहयोग हुँदा सरकारको पुष्प व्यवसायलाई पुरै बेवास्ता गरेको छ’ उनले भने । गण्डकी भित्रका जिल्लाबाट फूल ल्याइने उनले जानकारी दिए ।
मेलामा २५ वटा स्टल रहने छन् जसमा विभिन्न प्रकारका सयपत्रिसँगै परम्परागत फूल, कट्फ्लावर, सुनगाभा, सिजनल फूल, बोन्साई बिरुवा प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन् ।
मेलामा ८ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ भने साढे २ करोड व्यापार हुने अनुमान गरिएको छ ।
तपाईको प्रतिक्रिया