सेन्साई अफर :अकलेसले पाए आइप्याड

पोखरा ।
जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सेन्साईले तिहार २०७९ लाई लक्षित गर्दै सार्वजनिक गरेको सेन्साई ३ को झट्का नामक योजना अन्तर्गत सेन्साई ब्रान्डका कुनै पनि सामानको खरिदमा लक्की ड्रमार्फत बम्पर उपहारमा आर १५ भिथ्री बाइक र एप्पल आइफोन १३ का साथै एप्पल आइप्याड १०.२ जित्न सकिनेछ ।
यो योजना अन्तर्गत पहिलो लक्की ड्रको विजेता घोषणा गरिएको छ । यस पहिलो लक्की ड्रको विजेता वीरगञ्जका अकलेश कुमार पटेल भएका छन् । उनले एप्पल आइप्याड १०.२ जितेका छन् । उनले वीरगञ्जको आरके इलेक्ट्रोनिक्समार्फत सेन्साईको चेस्ट–फ्रिजर किनेका थिए ।
यो योजनाको लक्की ड्रमा सहभागी हुन ग्राहकले सेन्साईका कुनै पनि सामानको खरिद पश्चात अंग्रेजीमा सेन्साई टाइप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखि ३१००३ मा एसएमएस गर्नुपर्नेछ ।
सेन्साईले आफ्नो विभिन्न सामानमा विभिन्न किसिमका वारेन्टीका साथै फ्री डेलिभरी, फ्री इन्स्टलेसन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ । नेपाल अधिराज्य भर सेन्साई ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी इओएल हो ।
तपाईको प्रतिक्रिया