लोक दोहोरी प्रतिष्ठानको सभा

पोखरा ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल कास्कीको २१ औं वार्षिक साधारण सभा तथा ८ औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमितिका सदस्यको शुक्रबार पदस्थापना भएको छ ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक तथा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जीवन दाहालले पदाधिकारी तथा कार्यसमितिका सदस्यलाई पदस्थापना गराए । समारोहमा निर्वाचन समितिका सदस्यलाई कदरपत्र प्रदान गरिएको छ ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष तथा कलाकार कल्याणकारी कोषका अध्यक्ष प्रजापति पराजुलीले अग्रजलाई सम्मान र विगतको विरासतलाई जोगाएर उत्कृष्ट काम गर्न सुझाव दिए । उनले कमिटीमा रहेका सबैको कामको मूल्यांकन गरी आगामी दिनमा समेत जिम्मेवारी दिनुपर्ने उल्लेख गरे । उनले युवालाई प्रोत्साहन र उचित जिम्मेवारी प्रदान गर्न प्रयास गर्ने बताए ।
प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहालले लोक संस्कृतिको धनी गण्डकी प्रदेशको केन्द्र कास्कीका हरेक क्रियाकलाप देशव्यापी रुपमा चासोको विषय भएकाले जिम्मेवार भएर काम गर्न सुझाव दिए । प्रतिष्ठानका गण्डकी प्रदेश अध्यक्ष सुरेन्द्र गुरुङ सबै कलाकारको एकमना एकताका साथ कास्कीको अधिवेशन भएको दाबी गरे ।
अधिवेशनमा इलेक्सनभन्दा सेलेक्सनबाट नेतृत्व चयन गरेको जानकारी दिदै उनले कमिटीमा नपरेका सबैलाई संस्था भन्दाबाहिर नभएको अनुभूति दिने गरी काम गर्न निर्देशन दिए । उनले ठोस योजना बनाएर संस्थागत रुपमा काम गर्न सुझाव दिए ।
कार्यक्रममा प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य शंकरबिरही गुरुङ, प्रतिष्ठान नेपाल कास्कीका संस्थापक अध्यक्ष तारापति सुवेदी, कास्कीका अध्यक्ष तुलसी क्षत्री, निवर्तमान अध्यक्ष टेकबहादुर क्षत्री, प्रथम उपाध्यक्ष परशुराम अधिकारी, सहसचिव रचित पौडेल लगायतले लोक संस्कृतिका बारेमा बोलेका थिए । अधिवेशनले अध्यक्ष तुलसी क्षत्रीको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चुनेको थियो ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया