आदर्श अर्गानिकमा शिव

पोखरा ।
आदर्श अर्गानिक कृषक समूह पोखरा १३ आर्वाको शनिबार भएको दोस्रो अधिवेशनले शिवप्रसाद बरालको अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय नयाँ कार्यसमिति चुनेको छ । समूहको उपाध्यक्षमा सीता ढुंगाना सिग्देल, सचिव राजनकुमार सिग्देल, सहसचिव मदन बराल र कोषाध्यक्षमा श्रीराम बराल छन् ।
सदस्यमा भूपति बराल, शर्मिला सिग्देल, सीता परियार र ऋषिराम बराल चुनिएका छन् । सल्लाहकारमा कृष्णप्रसाद सिग्देल, ऋषिराम सिग्देल, विष्णुप्रसाद बराल, श्रीराम सिग्देल, सूर्यबहादुर सिग्देल, बद्रीप्रसाद देवकोटा र शिवराज बराल छन् ।
कार्यक्रममा समूहका संस्थापक अध्यक्ष कृष्णप्रसाद सिग्देलले कृषक समूहलाई मितव्यायी रुपमा कारोबार गर्न सुझाव दिए ।
कार्यक्रममा मोहरपानी आदर्श टोल विकास संस्थाका अध्यक्ष श्रीराम सिग्देल, सहेंले सालघारी सान्तेडाँडा वन उपभोक्ता समिति आर्वाका अध्यक्ष विष्णुप्रसाद बराल, ऋषिराम सिग्देल, जागरण आमा समूहकी सचिव नमुना बराल, कृषक समूहका अध्यक्ष बद्रीप्रसाद देवकोटा, उपाध्यक्ष सीता ढुंगाना सिग्देल र सचिव शिवराज बरालले बोलेका थिए ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया