सिटी टेलिभिजनको प्रथम अधिवेशन

समाधान संवाददाता २०७९ कार्तिक १४ गते १७:४८

पोखरा ।
स्टार नेपाल मिडिया हब प्रालि एवम सिटी वान टेलिभिजनको सोमबार प्रथम अधिवेशन तथा दोस्रो साधारण सभा सम्पन्न भएको छ ।

Advertisement

अधिवेशनले नयाँ कार्यसमिती चयन गरेको छ । पोखरामा भएको प्रथम अधिवेशन तथा दोस्रो साधारण सभाबाट अध्यक्षमा पुनः पवनकुमार प्रजापतीलाई चयन गरेको छ ।

स्टार मिडीया हबको प्रथम उपाध्यक्षमा राजेन्द्र ओझा दितीय उपाध्यक्षमा चिनु गुरुङ ,सचिवमा सुरेश श्रेष्ठ ,कोषाध्यक्ष विनोद भुजेललाई चयन गरेको छ । नयाँ कार्य समिती सदस्यमा चन्द्र कुँवर, सुष्मा थापा पाण्डे, सुनिता गिरी, सन्तोषकुमार श्रेष्ठ, कमल सुनार र सुदिप प्रधानागंलाई चयन गरेको छ ।

Advertisement

अध्यक्ष प्रजापतीले सेयरधनीहरुलाई निरासा हुन नदिने बताउँदै सबै सेयर सदस्यलाइ समेटेर लैजाने योजना रहेको बताए । संस्थालाइ अझ बढी सहकार्यका साथ काम गरेर नाफा मुलक संस्था बनाउनकालागि सबै सेयर सदस्यले आआफ्नो समय अनुकुल सहकार्य गर्न आग्रह समेत गरे । यस अघिको कार्यसमितीमा रहेर सहकार्य सहयोग गर्ने सबैलाइ धन्यवाद समेत व्यक्त गरे ।

कर्मचारी ,विज्ञापनदाता तथा सम्पुर्ण शुभेक्छुक महानुभावलाई धन्यवाद दिदै आगामी दिनमा समेत निरन्तर रुपमा सहयोगको अपेक्षा रहेको बताए । संस्थाको प्रथम अधिवेशनको निर्वाचन मण्डलमा संयोजक नारायण कोइरला र सदस्यहरुमा रामजी न्यौपाने र विष्णु गौतम रहेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया