पुष्पकमल सुवेदी प्रतिष्ठानमा पूर्ण

समाधान संवाददाता २०७९ कार्तिक १५ गते १३:३१

पोखरा ।
पुष्पकमल सुवेदी स्मृति प्रतिष्ठान पोखराको आइतबार भएको १० औं साधारण सभा एवं चौथो अधिवेशनले पूर्ण गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको छ । १७ सदस्यीय नयाँ कार्यसमितिका उपाध्यक्षमा ध्रुव कम्पित सुवेदी, सचिव प्रदीप सुवेदी, सहसचिव सूर्यनाथ भण्डारी र कोषाध्यक्ष इन्दु रेग्मी छन् ।

Advertisement

सदस्यमा मोहन सुवेदी, दिनेश लिम्बू, गोपालमणि लामिछाने, तीर्थ पौडेल, सञ्जिता अधिकारी, सरस्वती अधिकारी, कृष्णबहादुर विश्वकर्मा, लक्ष्मण गौतम, सत्यराज सापकोटा, हिराबहादुर क्षेत्री, भीमप्रसाद सुवेदी र दिव्यराज सुवेदी छन् ।

कार्यक्रमा वाम बुद्धिजीवी दिवाकर सुवेदी, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. दीपेन्द्रबहादुर क्षेत्री, वाम विश्लेषक झलक सुवेदी, गण्डकी साहित्य संगमका अध्यक्ष डा. कृष्णराज अधिकारी, उमाकान्त लामिछाने स्मृति प्रतिष्ठानका अध्यक्ष प्राडा शोभाकान्त लामिछाने, पूर्व सांसद कृष्णप्रसाद भट्टराई, पूर्व सभासद् कृष्णबहादुर गुरुङ, प्राध्यापक रघुनाथ अधिकारी, वाम बुद्धिजीवी रामराज रेग्मी, नारायण परिश्रमी, शुक्रराज सापकोटा, डोलराज पाण्डे, नारायण मरासिनी, भीम रानाभाट, प्रतिष्ठानका उपाध्यक्ष दामोदर न्यौपाने लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया