पोविवि सेवा आयोग अध्यक्षलाई स्वागत

पोखरा ।
पोखरा विश्वविद्यालय सेवा आयोगको अध्यक्ष पदमा नियुक्त भएका प्रा. तीर्थराज अर्याल र सदस्य पदमा नियुक्ति भएका प्राडा उमानाथ बराललाई मंगलबार पोखरा विश्वविद्यालयले स्वागत गरेको छ ।
प्रधानमन्त्री एवं पोखरा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले पोखरा विश्वविद्यालय ऐन, २०५३ बमोजिम उनीहरुलाई ४ वर्षका लागि नियुक्त गरेका हुन् । अर्याल अङ्ग्रेजी र बराल राजनीतिकशास्त्रमा प्राध्यापक हुन् ।
उनीहरु दुबैलाई पोखरा विश्वविद्यालयका उपकुलपति प्रा प्रेमनारायण अर्याल र रजिस्ट्रार प्राडा दीपकबहादुर भण्डारीले विश्वविद्यालयको केन्द्रीय कार्यालय लेखनाथमा स्वागत गरे । अर्यालले शिक्षक तथा कर्मचारीको सही व्यवस्थापन गरी विश्वविद्यालयको गरिमा उचो राख्न सेवा आयोग सक्षम हुने विश्वास व्यक्त गरे ।
रजिस्ट्रार भण्डारीले सेवा आयोग विश्वविद्यालयको मेरूदण्ड भएको उल्लेख गर्दै विवादरहित तरिकाले राम्रा र सक्षम शिक्षक तथा कर्मचारी छनोटमा सेवा आयोगको योगदान महत्वपूर्ण रहने बताए ।
सेवा आयोगका नवनियुक्त अध्यक्ष अर्यालले आफूमाथि आएको जिम्मेवारीलाई अवसरको रूपमा लिई कार्य गर्ने प्रतिवद्धता गरे । सेवा आयोगका सदस्य बरालले पोखरा विश्वविद्यालयको गरिमामय अझ उचो बनाउने गरी काम गर्ने प्रतिवद्धता जनाए ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया