जिफन्ट कास्की ३ को भेला

समाधान संवाददाता २०७९ कार्तिक १६ गते ११:१७

पोखरा ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) निर्वाचन परिचालन परिचालन कमिटी क्षेत्र नम्बर ३ कास्कीले श्रमिक भेला आयोजना गरेको छ । श्रमिकको अगुवा कार्यकर्ता भेलाले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का उम्मेद्वारलाई जिताउनका लागि आवश्यक योजना बनाएको संयोजक नन्दलाल अधिकारीले जानकारी दिए ।

Advertisement

कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य सीता गिरीले मौलिक हकसम्बन्धी कानुन कार्यान्वयन गरेर सामाजिक न्यायलाई सुनिश्चित गर्ने बताइन् । उनले श्रमिक पृष्ठभूमिका एमालेका उम्मेद्वारले विजयी भएर श्रमिकको पक्षमा काम गर्ने विश्वास व्यक्त गरिन् ।

कास्की क्षेत्र नम्बर ३ का उम्मेद्वार दामोदर बैरागीले श्रम क्षेत्र र सामाजिक न्यायको पक्षमा निरन्तर सवाल उठाउने प्रतिवद्धता गरे । उनले योगदनमा आधारित सामाजिक सुरक्षा योजनाको कार्यान्वयनमा जोड दिने बताए । हरेक स्थानीय तहले श्रमिकको पञ्जीकरणको व्यवस्था गरे श्रम बजारको यकिन तथ्यांक निकाल्न सकिने उल्लेख गरे ।

‘राज्यको उच्च ओहोदामा रहने व्यक्ति, तथा कर्मचारी प्रशासनले श्रम क्षेत्रको महत्व बुझे श्रमिकको ह हित सुनिश्चित गर्न सकिन्छ,’ उनले भने, ‘श्रमको सम्मान नगरे असल नागरिक बन्न सकिन्न ।’ उनले श्रमिकको उचित पारिश्रमिक, स्वास्थ्य उपचार र विमाका योजना ल्याउन सहयोग गर्ने बताए । उनले सवारी दुर्घटनामा परेका बिरामीको उपचारका लागि राजमार्ग क्षेत्रमा ट्रमा सेन्टर स्थापना गर्न पहल गर्ने आश्वासन दिए ।

कास्की क्षेत्र नम्बर ३ प्रदेश सभा २ का उम्मेद्वार राजीव पहारीले एमालेको नेतृत्वमा बनेको सरकारले श्रमिकको पक्षमा अधिकतम काम गरेको दाबी गरे । उनले आधारभूत तहका जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाए ।

Advertisement

जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले २०५१ सालमा बनेको एमालेको सरकारले श्रमिकको न्यूनतम वेतन तोकेको स्मरण गराए । उनले आवास विहीनलाई जग्गा र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याउनमा एमालेको योगदान रहेको बताए ।

तपाईको प्रतिक्रिया