पोखराको दिगो विकासमा कोरियाको चासो

पोखरा ।
दक्षिण कोरियाका राष्ट्रियसभा सदस्य तथा दक्षिण एसिया क्षेत्रका कोरियन प्रतिनिधि साङ हेन ली सहितको टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग शिष्टाचार भेटवार्ता गरेको छ ।
भेटवार्ताका क्रममा पोखराको दिगो विकास, फोहोर मैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन तथा हरित सहरी यातायात लगायतका विषयमा छलफल भएको प्रमुख आचार्यले बताए ।
टोलीले पोखराको दिगो विकास, यहाँको फोहोर व्यवस्थापन तथा ट्राफिक व्यवस्थापन र हरियाली प्रवर्द्धन सहित हरित सहरी यातायात विकासका लागि कोरियन सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने पूर्व प्रतिबद्धता कार्यान्वयनको चरणमा रहेको बताएको छ ।
पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न, रिङ रोड निर्माण, व्यवस्थित बसपार्क, अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म फास्ट ट्र्याक, फेवाताल–वेगनासताल जोड्ने पूर्वाधार लगायत विषयमा पनि टोलीले अध्ययन गरिरहेको बताएको छ ।
एक साताको नेपाल भ्रमणमा रहेको टोलीमा डेमोक्रेटिक पार्टी अफ कोरियाको तर्फबाट राष्ट्रियसभा सदस्य साङ हेन ली, कोरियाको निजी क्षेत्रका दुई व्यवसायीहरू योङ प्यो किम र साङपील किमको सहभागिता रहेको थियो । भेटवार्तामा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती र सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसीको पनि सहभागिता थियो ।
टोली पोखरा महानगरपालिकाले प्रस्तुत गरेका सहकार्यका सम्भावित क्षेत्रहरूको अवलोकनका खातिर ३ दिन पोखरामा नै रहने छ ।
कोरियन सांसद सहित त्यहाँका निजी क्षेत्रका व्यवसायीहरूको दोस्रो पटकको पोखरा भ्रमण र पोखराको विकास प्रति उनीहरूले देखाएको चासो प्रति पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख आचार्यले धन्यवाद ज्ञापन गरे ।
प्रमुख आचार्यसँग सो टोलीका नेता लीले यस अघि पनि शिष्टाचार भेटवार्ता गरेका थिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया