कास्कीकोटमा पिचबाटो र खानेपानी चाडैः प्रकाश

पोखरा ।
नेपाली कांग्रेसका नेता एवं कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले गुण्टीचौरदेखि वडा कार्यालयसम्म जाने बाटो अझै पनि धुलाम्य अवस्थामै रहनु विडम्बना भएको बताएका छन् ।
पोखरा २४ मा शनिबार घरदैलो गरेपछि गुण्टेचौरमा आयोजित कोणसभामा उनले यस्तो बताएका हुन् । विगतमा नेताहरुले आश्वासन दिएर पूरा नगरेको उल्लेख गर्दै उनले धूलाम्य सडकको आफूले छिट्टै अन्त्य गर्ने वाचा गरे ।
उनले भने, ‘महानगरपालिका भित्रको सडक अझै पनि यस्तो अवस्थामै रहिरहँदा मलाई निकै दुःख लागेको छ । निर्वाचन जिताएर सेवा गर्ने मौका दिनुभएमा छिट्टै यसको अन्त्य गर्नेछु ।’
कास्कीकोटमा पानीको समस्या पनि निकै विकराल रहेको उल्लेख गर्दै उनले महानगरवासीले पाउनुपर्ने न्यूनतम् सुविधा पाउनुपर्नेमा जोड दिए । उनले भने, ‘पानीकै कारणले धेरै कुरामा समस्या परेको छ । लिफ्टिङ प्रविधिमार्फत कास्कीकोटवासीलाई पानी ल्याउन प्रयास गर्नेछु ।’
उनले भने, ‘२१ औं शताब्दीमा पनि कास्कीकोटका कुखुरा र गाइवस्तुले पानी खान पाएका छैनन् । पानीको अभावमा धेरै आमाका ढाडका खाला गएका छन् । यस्तो अवस्थाको छिट्टै अन्त्य गर्नेछु ।’
२०४८ सालदेखि नेताहरुले आश्वासनमात्र दिने गरेको भन्दै उनले जनताले ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्न थालेको बताए । आफूले जिम्मेवारी पाएपछि जनताले यस्तो उखान भन्न नपर्ने उनले स्पष्ट पारे । कास्कीकोटमा कृषक, शिक्षा, स्वास्थ्य, बेरोजगारीका साथै युवाका समस्यालाई आफूले विशेष ध्यान दिने उनको प्रतिवद्धता छ ।









गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया