मतदाताले मागे कालोपत्र र खानेपानी

पोखरा ।
सांसदको मुख्य जिम्मेवारी कानुन निर्माण नै हो । तथापि नेपालका विकास, निर्माणको अगुवाइसमेत सांसदले गर्दै आएका छन् । सोही कारणले अहिले उम्मेदवारसँग मतदाता विभिन्न विकास, निर्माणका प्रतिवद्धता मागिरहेका छन् ।
कास्की ३ का मतदाताले पनि शनिबार सत्ता गठबन्धनका उम्मेदवारसँग आफूले भोग्नुपरेका अप्ठेरा सुनाए । आवश्यक विकास, निर्माणको प्रतिवद्धता मागे । कास्की ३ बाट ५ दलीय गठबन्धनका साझा उम्मेदवार राजमीप्रसाद बराल (जीवन)ले निर्वाचनपछिको विकास, निर्माणका काममा पनि गठबन्धनकै सहकार्यमा अघि बढ्ने बताए । उनले मेलबोट अस्ताम, धिताल धुम्पुस सडक चाडै कालोपत्र हुने प्रतिवद्धता जनाए ।
गण्डकीका अर्थमन्त्रीसमेत रहेका बरालले भने, ‘चालु आर्थिक वर्षमा यो बाटाका लागि १० करोड विनियोजन भई काम सुरु भइसकेको छ ।’ उनले यो क्षेत्रमा रहेको खानेपानीको समस्या समाधान र पर्यटनका सम्भावना खोजी जनताको जीवनस्तर उकास्ने प्रतिवद्धता गरे ।
सत्ता गठबन्धनमा माओवादी केन्द्रबाट कास्की ३ (१) का उम्मेदवार दुर्गादत्त भण्डारीले कृषि, पर्यटन र ऊर्जाको योजनावद्ध विकासबाट माछापुच्छ्रे गाउँपालिकाको समृद्धि सम्भव हुने बताए । उनले आफू असम्भव प्रतिवद्धता गर्नेभन्दा गरेका प्रतिवद्धता कार्यान्वयनमा विश्वास राख्ने सुनाए ।
चुनावी घरदैलोमा संविधानसभा सदस्य शारदा पौडेल, माओवादी केन्द्रकी केन्द्रीय सदस्य दुर्गा विक, माओवादी नेता आशमान रोका, कांग्रेस माछापुच्छ्रे सभापति वीरेन्द्र गुरुङ, बाम लोकतान्त्रिक गठबन्धन ३ (१) का संयोजक विष्णुबहादुर केसी लगायत सहभागी थिए ।
घरदैलोका क्रममा इदी खोलामा पक्की पुल बनेपछि निकै सहज भएको भन्दै स्थानीयले अर्थमन्त्री बराललाई धन्यवाद दिएका थिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया