कास्कीमा आचारसंहिता मिच्दै दलहरु, पालना गर्न आयोग कार्यालयको निर्देशन

पोखरा ।
कास्कीमा राजनीतिक दल तथा उम्मेदवारहरुले निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता उल्लघन गरेको पाइएको छ । निर्वाचन कार्यालय पोखराको अनुगमनका क्रममा दल तथा उम्मेदवारहरुले निर्वाचन आयोगको अधिकांश दलहरुले आचारसंहिता उल्लंघन गरेको पाइएको निर्वाचन कार्यालय पोखराका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।
‘दलहरुले निर्वाचन कार्यालयको अनुमती नलिई गाडीहरु प्रयोग गरेको, सवारी साधनमा व्यानर, फ्लेक्स वोर्ड, लोगो, निर्वाचन चिन्ह भएका स्टीकर, साउन्ड सिस्टम प्रयोग गरेको पाइएको छ,’ प्रमुख पराजुलीले भने, ‘सो कार्य नगर्न राजनीतिक दल तथा उम्मेदवारहरुलाई प्रत्यक्ष कुराकानी तथा टेलीफोनमार्फत निर्देशन दिएका छौं ।’ अर्काे पटकका लागि सो कार्य नदोहोराउन, निर्वाचन आचार संहिता पूर्ण पालना गर्न र आचार संहिता विपरीत प्रयोग भएका सामग्री हटाउन राजनीतिक दल तथा उम्मेदवारहरुलाई प्रमुख पराजुलीले आग्रह गरे ।
‘आगामी दिनमा आचारसंहिता विपरीत यस्ता कार्यहरु दोहोरिएमा प्रचार प्रसारमा प्रयोग भएका सवारी साधन तथा अन्य सामग्रीहरु जफत गरी निर्वाचन आयोग ऐन २०७३, निर्वाचन ऐन २०७३ तथा प्रचलित निर्वाचन कानुन बमोजिम कारवाही हुनेछ,’ पराजुलीले भने ।
राजनीतिक दल तथा उम्मेदवारहरुले प्रचार प्रसारमा प्रयोग गर्ने सवारी साधनको अनुमती सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट लिन समेत पराजुलीले आग्रह गरे ।









नेपाल शिक्षक संघ हरिनासको प्रतिनिधि सभा
सुदूरपश्चिमलाई ८५ रनमै समेट्दै लुम्बिनी लायन्सले जित्यो एनपीएलको उपाधि
र्यान्डममा ‘नीलो प्रेम’ माथि परिचर्चा
शिभाली गुरुङले रचिन् इतिहास, आइटिएफ जे–३० वर्ल्ड टेनिस टुरमा दोहोरो उपाधि
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया