आचारसंहिता मिच्दै दलहरु

पोखरा ।
कास्कीमा राजनीतिक दल तथा उम्मेदवारहरुले निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता उल्लघन गरेको पाइएको छ । निर्वाचन कार्यालय पोखराको अनुगमनका क्रममा दल तथा उम्मेदवारहरुले निर्वाचन आयोगको अधिकांश दलहरुले आचारसंहिता उल्लंघन गरेको पाइएको निर्वाचन कार्यालय पोखराका प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।
‘दलहरुले निर्वाचन कार्यालयको अनुमती नलिई गाडीहरु प्रयोग गरेको, सवारी साधनमा व्यानर, फ्लेक्स वोर्ड, लोगो, निर्वाचन चिन्ह भएका स्टीकर, साउन्ड सिस्टम प्रयोग गरेको पाइएको छ,’ प्रमुख पराजुलीले भने, ‘सो कार्य नगर्न राजनीतिक दल तथा उम्मेदवारहरुलाई प्रत्यक्ष कुराकानी तथा टेलीफोनमार्फत निर्देशन दिएका छौं ।’
एक पटकका लागि सो कार्य नदोहोराउन, निर्वाचन आचार संहिता पूर्ण पालना गर्न र आचार संहिता विपरीत प्रयोग भएका सामग्री हटाउन राजनीतिक दल तथा उम्मेदवारहरुलाई प्रमुख पराजुलीले आग्रह गरे ।
‘आगामी दिनमा आचारसंहिता विपरीत यस्ता कार्यहरु दोहोरिएमा प्रचार प्रसारमा प्रयोग भएका सवारी साधन तथा अन्य सामग्रीहरु जफत गरी निर्वाचन आयोग ऐन २०७३, निर्वाचन ऐन २०७३ तथा प्रचलित निर्वाचन कानुन बमोजिम कारवाही हुनेछ,’ पराजुलीले भने ।
राजनीतिक दल तथा उम्मेदवारहरुले प्रचार प्रसारमा प्रयोग गर्ने सवारी साधनको अनुमती सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट लिन समेत पराजुलीले आग्रह गरे ।









संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया