बाल यौन दुव्र्यवहारबारे सचेतना
समाधान संवाददाता
२०७९ कार्तिक २४ गते ११:३५

पोखरा ।
इनरह्विल क्लब अफ न्युरोड पोखराले बुधबार पोखरा ११ स्थित शिव शक्ति माध्यमिक विद्यालयमा बाल यौन दुव्र्यवहारसम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको छ । कक्षा ६ देखि १० सम्मका बालबालिकालाई सचेतना दिइएको हो ।
क्लबका अध्यक्ष नारायणी बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा पखेटा नेपालका उपाध्यक्ष सलिजा श्रेष्ठले सहजीकरण गरिन् । प्रधानाध्यापक शम्भुराज बास्तोलाले यस प्रकारको कार्यक्रम निकै प्रभावकारी हुने बताए ।
कार्यक्रममा कार्यक्रम संयोजक एवं क्लबका पूर्व अध्यक्ष कमला बास्तोला, संस्थापक अध्यक्ष निर्मला मल्ल जोशी, निवर्तमान अध्यक्ष दुर्गा शर्मा, पूर्व अध्यक्षहरु उर्मिला श्रेष्ठ, गीता सिग्देल, लक्ष्मी बस्नेत अधिकारी, बिमला पिया श्रेष्ठ, जमुना बास्तोला, कोषाध्यक्ष भगवती चिलुवाल, सचिव गीता केसी लगायतले बोलेका थिए ।
सम्बन्धित








नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
मुस्ताङको लोमान्थाङबाट २ करोडभन्दा बढी मूल्यको इलेक्ट्रिक चुरोटसहित कन्टेनर नियन्त्रण
नीतिगत विभेद र अस्थिरता अन्त्यको माग गर्दै एनसेलले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया