जापानमा उच्च शिक्षाबारे छलफल

पोखरा ।
पोखरा विश्वविद्यालयले जापानमा उच्च शिक्षाको अवसरबारे नेपाल जापान शैक्षिक संवाद आयोजना गरेको छ । विद्यार्थीलाई जापानमा उच्च शिक्षा अध्ययनमा सहजीकरण गर्ने उद्देश्यले कार्यक्रम भएको हो । कार्यक्रममा विद्यार्थीका लागि छात्रवृत्ति, शैक्षिक कार्यक्रम, अध्ययन वातावरण र रोजगारीका विभिन्न विषयमा प्रस्तुतिकरण गरिएको थियो ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले विश्वविद्यालयले बजारको आवश्यकता अनुसार उत्पादन र रोजगारमुखी कार्यक्रम सञ्चालन गरेको दाबी गरे । उनले शिक्षाको गुणस्तर र नवीनता लागि विश्वविद्यालयले अनुसन्धानमा जोड दिएको उल्लेख गरे ।
नेपालका लागि जापानीज राजदूत किकुता युताकाले भिडियो सन्देशमार्फत कार्यक्रम नेपाल र जापानको सम्बन्ध अभिवृद्धि गर्न फलदायी हुने विचार व्यक्त गरे । कार्यक्रममा इन्टरनेसनल प्रोजेक्ट्स प्रोमोसन गु्रप, रिसर्च प्रोमोसन डिपार्टमेन्ट, दि यु्निभर्सिटी अफ टोक्योका सल्लाहकार काजिहिरो मोरीले पोखरा विश्वविद्यालयसँग सहकार्य गर्दै अगाडि बढ्न आफू इच्छुक रहेको सुनाए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय पुल्चोक इञ्जिनियरिङ क्याम्पसका प्राध्यापक पवन भट्टराई, रित्सुमेइकान एसिया प्यासिफिक युनिभर्सिटीका पूर्व नेपाली विद्यार्थी राशी महर्जन, नेपालस्थित जापानीज राजदुतावासका सेकेन्ड सेक्रेटरी मायुको सातो, ग्लोबल एडमिसन अफिसका राई यिसिडा, टोक्यो युनिभर्सिटी अफ फरिन स्टडिज्का साराश्री ढुंगाना, टोक्यो युनिभर्सिटी अफ फरिन स्टडिज् एडमिसन सेन्टरका मिजुहो युनो, इन्टरनेसनल युनिभर्सिटी अफ जापानका राशी गुप्ता र क्योटो युनिभर्सिटी अफ एडभान्स साइन्सका कियोशी ताकेदाले प्रस्तुतिकरण गरे ।
उनीहरूले जापानको विश्वविद्यालय जीवन, अध्ययन अवसर, छात्रवृत्ति लगायत मानविकी तथा सामाजिक शास्त्र, इन्जिनियरिङ, व्यवस्थापन विषयमा अध्ययन गर्न आवश्यक प्रक्रिया र चाहिने योग्यताका बारेमा प्रकाश पारे । कार्यक्रमबारे दि युनिभर्सिटी अफ टोक्योका डा दिपेश खरेलले प्रकाश पारे ।









नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
मुस्ताङको लोमान्थाङबाट २ करोडभन्दा बढी मूल्यको इलेक्ट्रिक चुरोटसहित कन्टेनर नियन्त्रण
नीतिगत विभेद र अस्थिरता अन्त्यको माग गर्दै एनसेलले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया