मलाई जिम्मेवारीको भारी बोकाउनुस्ः श्याम

समाधान संवाददाता २०७९ कार्तिक २६ गते १९:३७

पोखरा ।


गण्डकी प्रदेशसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर १ ख बाट एमाले उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ले आफू जनताको सेवा गर्नका लागि भरिया बनेर आएको र जिम्मेवारीको भारी बोकाउन मतदाताहरुलाई आग्रह गरेका छन् । उनले जनताको सेवाका लागि राजनीति गरेको भन्दै जिम्मेवारीको भारी बोकेर जनताको अनुहारमा चमक ल्याउने सुनाए । शनिबार घरदैलोमा पुगेका श्यामले आफूले जित्दा किसान, मजदुर, महिला, वृद्धवृद्धा, बालबालिका र सबै तप्काका नागरिकहरूको अनुहारमा खुसी आउने सुनाए ।


उनले गण्डकीमा पनि पृथ्वी सुब्बा नेतृत्वका सरकारले ३ वर्षमा जनताको पक्षमा र संघीयतालाई बलियो बनाउने आधार निर्माण गरेपनि गठबन्धन नेतृत्वे जनताको पक्षमा काम गर्न नसकेको बताए । ‘गठबन्धन सरकारले २ वटा बजेट ल्यायो । तर, अहिलेसम्म जनताले अनुभूति गर्न सक्ने कुनै पनि काम गर्न सकेको छैन । उल्टो हिजा एमाले नेतृत्वले सुरु गरेका कामका व्याज खाएको छ,’ उनले भने, ‘सरकार भनेको जनताको पक्षमा काम गर्न बन्छ । तर, यो सरकार कार्यकर्तालाई जागिर दिने र सत्तामा कसरी टिक्ने भन्दा अरु ध्यान छैन ।’

Advertisement

आफ्नो निर्वाचन क्षेत्रमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकोले चुनावको मैदानमा आएको गुरुङले बताए । ‘युवालाई विदेशिन नपर्ने, यही रोजगारीको सृजना गर्नु मेरो पहिलो प्राथमिकता हो,’ गुरुङले भने । ०७४ सालको निर्वाचनमा मादी गाउँपालिकाको अध्यक्ष गुरुङले पालिका प्रमुख हुँदा सुरु गरेको विकास निर्माणका काम पूरा गर्न पनि आफ्नो उम्मेदवारी रहेको बताए । ‘अबको बाटो भनेकै विकास र समृद्धिको हो ।

तपाईहरुको मतको खेर जान दिने छैन । अब विकास र समृद्धि तर्फ प्रदेशलाई अगाडि बढाउने मेरो उद्देश्य हो,’ उनले भने । नर्वाचन क्षेत्रका जनतालाई आफूले उत्साह दिलाउने गरी काम गर्ने उनले भनाइ छ । ‘विकास निर्माणको काम गर्दा राजनीति पुर्वग्रह राखदिनँ,’ उनले भने, ‘हाम्रो उम्मेदवारी गठबन्धनको विरुद्ध होइन् । यहाँको अशिक्षा र पछौँटेपन अन्त्य गर्न हो । विकास गर्न हो ।’

Advertisement

उनले आफूले गाउँपालिका अध्यक्ष हुँदा कास्कीमा नमुना गाउँपालिकाको रुपमा मादीलाई पु¥याएको र अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘मुलुकको विकास कसले गर्न सक्छन् र त्यसैलाई मतदाताले पहिचान गर्नुपर्छ,’ उनले भने । उनले एमाले बाहेकका अरु दलको सिङगल सरकार बन्ने सम्भावना नरहेको उनले बताए । ‘कांग्रेसले गठबन्धनबाट प्रत्यक्षमा करिब ८५ सिट भन्दा पाएको छैन । माओवादीको त्यही ४५÷४६ कति हो । अरु दलको कुरा नगरौं । यसरी गठबन्धनबाट कसैको बहुमतको सरकार बन्ने सम्भाना झिनो आस पनि छैन,’ उनले भने, ‘बहुमतको सरकार बनाउने भनेको एमाले बाहेक अरु छैन । बहुमतको सरकार बाहेक अरु दलको सम्भाना छैन । यसैले एमालेलाई भोट दिएर स्थिाइ सरकार बनाउन तपार्ईंहरुले समानुपातिलक र प्रत्यक्षमा भोट दिनुस् ।’

उनले जनतालाई भ्रममा पार्ने झुटा आश्वासन नदिने बताएका छन् । आइतबार मादी ५ को घरदैलो कार्यक्रममा बोल्दै उनले राजनीतिक दल र उनीहरुका उम्मेदवारले गर्दै नगरेका र गर्न नसकिने काम पनि हामीले गरेको हो र गर्छौं भन्ने झुटा दिँदै आएकाले आफूले त्यो नगर्ने बताए । ‘म जे बोल्छु त्यो गर्छु । जे सक्छु त्यो गर्छु । उनले भने, ‘केही उम्मेदवारले जनतालाई दिग्भ्रमित पार्ने गरी भुट्टा आश्वासन बाँडिरहेका छन् ।’

बहुमतको सरकारले मात्र नेपालमा काम गर्न सक्ने श्यामले बताए । उनले आफूलाई देखाएको माया र विश्वासको सम्मान गर्ने बताए । ‘जनताले गरेको यो माया र भरोसा कहिले पनि टुट्न दिने छैन गुरुङले भने, ‘शिक्षादेखि भौतिक पूर्वाधारको विकासमा जनताले महसुस गर्ने गरि काम गर्ने छु ।’

तपाईको प्रतिक्रिया