८४ वर्ष पूरा गरेका पूर्व भारतीय सैनिकलाई सम्मान

कास्की ।
८४ वर्ष उमेर पूरा गरेका भारतीय सेनाका पूर्व मेजर जनरल अशोक मेहतासँगै ११ जनालाई पोखरामा एक कार्यक्रम आयोजना गरि सम्मान गरिएको छ । २/५ जी आर (एफ एफ) (भी सी पल्टन) पूर्व सैनिक परिवार पोखराको १३६ औं जन्म जयन्ती (मालाकाण्ड डे) को अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा ८४ वर्ष उमेर पुगेका पल्टनका सदस्य र उनीहरुका परिवारलाई सम्मान गरिएको हो । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि मेहतासँगै १०४ वर्षका रामप्रसाद गुरुङ गरी ११ जनालाई सम्मान गएिको थियो ।
आफना पल्टनका पूर्व सैनिक परिवारसँग आफनो ८४ औं जन्मोत्सव मनाउन मेहता पोखरा आएका हुन् । चार वर्षअघि मेहताले आफ्नो ८० औं जन्मोत्सव समेत पोखरामा मनाएका थिए ।
पोखरा महानगरपालिका ३२ लामेआहालस्थित बुद्धिमान गुरुङको घरमा ८० औं जन्मोत्सव मनाउने क्रममा मेहताले सोही दिन आफनो ८४ वर्षको जन्मोत्सव समेत पोखरा आएर मनाउने बताएका थिए । सन् १९९३ मा अदितीसँग पल्टनमा र त्यसपछि पोखराको विन्ध्यवासिनी मन्दिरमा आई उनले विहेसमेत गरेका थिए ।
कार्यक्रममा विभिन्न विषयमा स्नातक तह उत्तीर्ण गरेका सैनिकका परिवारका ९ जनालाई सम्मान गरिएको आयोजक २÷५ जी आर (एफ एफ) (भी सी पल्टन) पूर्व सैनिक परिवार पोखराका अध्यक्ष सुदर्शनसिंह थापाले जानकारी दिए ।
आयोजक संस्थाका सचिव दलबहादुर गुरुङका अनुसार अनुसार समितिले वर्षमा दुई पटक भिसी डेका अवसरमा २६ जुुनमा र मालाकाण्ड डेका अवसरमा १० नेभेम्वर गरि वर्षको दुई पटक विशेष कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउने गरेको छ ।
मेहताको पोखरा सम्बन्ध
पोखरा आउदा प्राय भारतीय पेन्सन क्याम्प रामबजारमा वस्दै आएका मेहता विगत १०÷११ वर्षदेखि लामेआहालस्थित सुवेदार यामबहादुर गुरुङको घरमा बस्ने गरेका छन् । भारतीय सेनाको २/५ जिआरमा काम गरेका गुरुङलाई छोरा मान्ने मेहता नेपाल आउँदा प्राय उनकै घरमा बस्ने गरेका छन् ।
मेहता वर्षमा ३/४ पटक पोखरा आउने गरेका छन् । ‘मलाई बिहान बेलुका धेरै हिँड्न पर्छ पेन्सन क्याम्पमा बस्दा हिँड्ने स्थान छैन तर लामेआहलमा बस्दा चारैतिर पहाड छ र हिँड्नका लागि सहज हुने गरेको छ,’ उनले भने ।









वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
मुस्ताङको लोमान्थाङबाट २ करोडभन्दा बढी मूल्यको इलेक्ट्रिक चुरोटसहित कन्टेनर नियन्त्रण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया