उज्यालो बजारका लागि लेखनाथ उद्योग वाणिज्य संघको सहयोग

लेखनाथ ।
लेखनाथ उद्योग वाणिज्य संघले अगाडी सारेको आफनो क्षेत्राधिकार भित्र उज्यालो बजार अभियान अन्तरगत अर्घौ बजार व्यवस्थापन समितिलाई सहयोग गरेको छ ।
बजार क्षेत्रमा वढ्दो चोरी,डकैती र अन्य शडक जन्य दुर्घटनालाई न्यूनिकरण गर्ने उदेस्यले हरेक चोक चोकमा शडकबत्ति राख्ने योजना मुताविक अर्घौ बजार व्यवस्थापन समितिलाई चालिस हजार सहयोग गरेको हो ।
बजार व्यवस्थापन मा सहजिकरण गर्दै समग्र व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्ने गरि अगाडी सारिएको योजनालाई अन्य बजार क्षेत्रमा पनि पुर्याउने गरि पहिलो चरणमा उत्त रकम सहयोग गरिएको हो ।
अर्घौ बजार व्यवस्थापन समितिका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले सहयोग रकम हस्तान्त्रण गरेका हुन् ।
कार्यक्रममा संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा,महासचिव उपेन्द्रराज सुवेदी राजु र बजार व्यवस्थापन समितिका पुर्व सचिव घनश्याम ढुगाना लगाएतले योजनालाई प्रभावकारी बनाउन समय समयमा मर्मत संभार र रेखदेखमा ध्यान दिनु पर्ने सुझाव राखेका थिए ।









नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया