निर्वाचन विशेष

प्रदेशलाई पर होइन, नजिकको सरकार बनाउँछौं

समाधान संवाददाता २०७९ मंसिर १ गते १३:३८

प्रदेश सांसदको रुपमा मैले ५ वर्ष काम गरें, अब त्यो प्रदेश सरकारबाट हुन सक्ने र सम्भावना भएका काम प्रदेश स्तरमा बनाउनुपर्ने अस्पताल, विश्वविद्यालय जस्ता कामका लागि मैले यस निर्वाचन क्षेत्रमा स्थापना गर्नका लागि पहल गरेँ ।

Advertisement

त्योबाहेक कृषिको क्षेत्रमा, पूर्वाधारको क्षेत्रमा, सडक निर्माणको क्षेत्रमा जस्तो रुपा गाउँपालिका क्षेत्रमा रुपा रिङरोड, कृषिका लागि कोल्डस्टोर निर्माण, तालहरुको संरक्षणका लागि रुपा तालमा झोलुंगे पुल बनेका छन् । सुरु नै हुन नसकेका धेरै काम छन् । मैले भन्ने गरेको छु, हाम्रा आवश्यकताहरु धेरै छन् र गर्नुपर्ने धेरै छ ।

आगामी कार्यकालमा ती काम पूरा गर्न र नयाँ कामहरु नयाँ काम गर्न अनुभव र इच्छाशक्ति भएको नेतृत्व चाहिन्छ । सडकहरु विस्तार गर्ने, कृषि पेसालाई कसरी उद्यमशीलतामा लग्न सकिन्छ भनेर कृषि उद्यमहरुको सुरुवात गर्ने र एउटा कृषिको केन्द्र बनाउने, पर्यटनको केन्द्र बनाउने, खेलकुदको क्षेत्रमा पनि हाम्रोमा भण्डारढिक रंगशाला लगायत अन्य खेल मैदान स्तरोन्नति गर्ने र व्यवस्थित गर्ने काममा मेरो ध्यान छ ।

प्रदेशलाई मजबुद बनाउन, प्रदेश सभामा बनाउने कानुन जनपक्षीय बनाउनका लागि भूमिका निर्वाह गर्ने छु । त्यो बाहेक प्रदेश सांसद हुँदा कुनै कार्यकारी जिम्मेवारी प्राप्त भयो भने त्यो अनुसार काम गर्ने नै छु । प्रदेश सरकारलाई परको होइन, जनताको नजिकैको र जनताकै सरकार भएको अनुभूति दिने गरी काम गर्ने प्रतिबद्धता गर्दछु ।

Advertisement

तपाईको प्रतिक्रिया