आइएनएफको वार्षिकोत्सव

पोखरा ।
आइएनएफ नेपालको ७० औं वार्षिकोत्सव बिहीबार भएको छ । वर्षभरि नै विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपालमा आइएनएफले नेपालका ग्रामीण समुदायमा स्वास्थ्य सेवा प्रदान गर्ने, जीविकोपार्जनमा सहयोग प्रदान गर्ने र सामाजिक समावेशीतालाई प्रवद्र्धनन गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
आइएनएफ नेपालका अध्यक्ष रामचन्द्र तिमोथीले संस्थाले आफ्नो गरिमालाई उच्च राख्न निरन्तर अथक प्रयास गर्दै आएको उल्लेख गरे । कार्यक्रममा आइएनएफ नेपालका उपाध्यक्ष राजेन्द्रकुमार अधिकारी, कार्यकारी निर्देशक कृष्णबहादुर अधिकारी, संस्थाका मेडिकल सेवा निर्देशक डा. अरुणकुमार बुढा, आइएनएफ इन्टरनेसनलका अध्यक्ष फिल लिन्ड्से, कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यस्थापन महाशाखाका प्रमुख प्रशन्न नापित, पूर्व निर्देशकहरु डा एलिसन क्रेभन, डा पे्रम सुवेदी, डा दीपेन्द्र गौतमले बोलेका थिए ।
समारोहमा आइएनएफ नेपालमा १० वर्षभन्दा लामो समयदेखि कार्यरत कर्मचारीलाई सम्मान गरिएको थियो । भारतमा आयोजित अन्तर्राष्ट्रीय व्हीलचियर प्रतियोगितामा सहभागी कर्मचारी सुरेश गौलीलाई पनि सम्मान गरियो ।









नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया