यु १९ क्रिकेटमा सुदूरपश्चिमको जित

काठमाडौं ।
यु १९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिम प्रदेश मधेस प्रदेशलाई ७ विकेटले पराजित गर्दै विजयी भएको हो ।
मधेसले सुदूरपश्चिमलाई जितका लागि १ सय २३ रनको लक्ष्य दिएको थियोे । त्यसमा सुदूरपश्चिमले १८ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । सुदूरपश्चिमको जितमा दीपक बोहोराले सर्वाधिक ५३ रनको अर्धशतकीय ईनिङ खेले ।
त्यस्तै अर्का खेलाडी दीपक बोहोराले २४ रन जोड्दा गजेन्द्र बोहोराले २३ रन जोडे । मधेसका लागि अविशेक तिवारीले २ विकेट लिए भने साइमन रोयले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङको निम्तो पाएको मधेस प्रदेशले ३८ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो । मधेस प्रदेशका लागि अली अन्सारीले ३२ रन जोडे भने इम्रान शेखले २८ रन जोडे । मयन यादवले २३ तथा डब्लु मल्लिकले ११ रन बनाए ।
सुदूरपश्चिमका लागि नरेन साउद एक्लैले ५ विकेट लिए । हेमन्त धामीले ३ तथा युवराज खत्रीले २ विकेट लिए । अपराजित सुदूरपश्चिमले ५ खेलबाट १० अंक जोडेको छ । यो हारसँगै मधेस प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगितामा प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता छ ।









६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया