तामाङ युवतीलाई तालिम

समाधान संवाददाता २०७९ मंसिर २८ गते ११:२०

पोखरा ।
मिस तामाङ पोखराको तालिम सुरु भएको छ । बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा आयोजना गर्नेे प्रतियोगिताको शनिबारबाट सहभागीलाई तालिम दिन थालिएको हो ।

२८५९ औं सोनाम ल्होसारको अवसरमा आयोजना गरिएको मिस तामाङ पोखराको यो सातौं संस्करण हो । तालिममा २० तामाङ समुदायका युवतीको सहभागिता रहेको कार्यक्रम संयोजक राम लामाले बताए ।

युवालाई आफ्नो मौलिक भाषा, भेषभूषा, संस्कार र संस्कृतिको बारेमा जानकारी गराई आफ्नो समुदायप्रति प्रेम जगाउनका लागि कार्यक्रमलाई निरन्तरता दिन लागेको आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले बताए ।

Advertisement

तामाङ घेदुङका पूर्व अध्यक्ष धनप्रसाद तामाङले युवा पुस्तामात्रै होइन, अभिभावक पनि भाषा र संस्कार जोगाउन सचेत बन्नुपर्ने धारणा राखे । उनले जन्मदेखि मृत्युसम्म तामाङ समुदायको आफ्नै मौलिक संस्कार रहेको भन्दै यसबारेमा नयाँ पुस्ता जानकार हुनपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङ सिम्पानी अध्यक्ष गंगा तामाङ, नेपाल तामाङ घेदुङ्ग पोखरा महानगर अध्यक्ष रामबहादुर तामाङ (शिबु ब्लोन), मिस तामाङ पोखरा २०२२ का विजेता मान्सी तामाङ, रनरअप पेमा तामाङ, आरजे होल्डिङ रियल स्टेटका प्रबन्ध निर्देशक राजु केसी, रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जका स्टेसन म्यानेजर सञ्जय मल्ल लगायतले बोलेका थिए ।

Advertisement

पहिलो दिनको प्रशिक्षण नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रदान गरे । ३५ दिनसम्म चल्ने प्रशिक्षणमा तामाङ जातिको भाषा, संस्कृति, रहनसहन तथा परम्पराका साथै व्यक्तित्व विकास र नेतृत्व विकासका तालिम प्रदान गरिने कार्यक्रमका संयोजक राम लामाले बताए ।

प्रतियोगितामा पोखरा पुम्दीभुम्दीकी मनिषा तामाङ, योगितामाया तामाङ, नारेश्वरकी निशा तामाङ, नदिपुरका खुसी बम्जन, कृतिका तामाङ, फूलबारीकी सुप्रिया तामाङ, सेदीकी रोश्मा तामाङ, जुना तामाङ, प्रिती तामाङ, लेकसाइडकी आकृति ब्लोन, मियाँपाटनकी रसिला तामाङ, रिठेपानीकी रेनुका तामाङ, न्युरोडकी विकिता तामाङ, लामागाउँकी सुमित्रा तामाङ, बगालेटोलकी लक्ष्मी तामाङ, अर्विना तामाङ, विजयपुरकी विपना तामाङ र जिरोकिलोमिटरकी जिना थिङ सहभागी छन् ।

तपाईको प्रतिक्रिया