धर्मकाया बुद्ध मण्डलाको सभा
समाधान संवाददाता
२०७९ पुष १ गते १२:१३

पोखरा ।
पोखरा ११ काँहुडाडालाई पर्यटकीय केन्द्र बनाउने योजनासहित गठित धर्मकाया बुद्धमण्डला विकास तथा व्यवस्थापन समितिको सातौं वार्षिक साधारणसभा बिहीबार भएको छ । सभामा समितिका सल्लाहकार शंकर गुरुङले दीप प्रज्जलन र विहारका भिक्षु धजवन्तले मन्त्रोवाचन गरे ।
कार्यक्रममा समितिका सचिव पूर्ण लामा र कोषाध्यक्ष श्याम शाक्यले प्रस्तुत गरेका प्रतिवेदन पारित भएका छन् । धर्मकाया बुद्ध मण्डला विकास तथा व्यवस्थापन समितिका अध्यक्ष रुद्रकुमारी(मैना) गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा भरतराज शाक्य, शंकर गुरुङ, सल्लाहकारहरु तीर्थ श्रेष्ठ, बिलबहादुर गुरुङ र कर्णेल राजकाजी गुरुङ लगायतले बोलेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया