नेपाल लिटरेचर फेस्टिभल—५५ सेसन, २ सयभन्दा धेरै पाहुना

पोखरा ।
नेपाल लिटरचेर फेस्टिभल दसौं संस्करण ६ देखि ११ गतेसम्म फेवाताल किनार बाराहीघाट लेकसाइडमा हुने भएको छ । आयोजक बुकवर्म फाउन्डेसनद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा देशविदेशका २ सय साहित्यकार, राजनीतिज्ञ लेखक पत्रकार कलाकार, सम्पादक एवं विशिष्ट व्यक्तित्व ५५ सत्रमा सहभागी हुने जानकारी दिइयो ।
सांगीतिक साँझ र थप रोचक सामग्री समावेश गरिनेछ । गण्डकी प्रज्ञा प्रतिष्ठान सहआयोजक रहेको यो फेस्टिभलको प्रवद्र्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्था पोखरा प्रज्ञा प्रतिष्ठान छ ।
फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलंकाली लेखक सेहान करुणातिलक, लेखक एवं पत्रकार अक्षय मुकुल, न्युयोर्क विश्वविद्यालयका सहप्राध्यापक एवं भारतीयमूलका लेखक सुकेतु मेहता लगायत ७ जना विदेशी लेखक आउँदै छन् । फेस्टिभललाई दक्षिण एसियाकै एउटा समावेशी मञ्च बनाउने उद्देश्यका आयोजकले लिएको छ । २०११ मा काठमाडौंबाट सुरु भएको फेस्टिभल कोभिडका कारण पोहोर आयोजना हुन सकेको थिएन । सन् २०१६ देखि फेस्टिभल पोखरामा हुँदै आएको हो ।
फेस्टिभल निर्देशक नीरज भारीका अनुसार फेस्टिभलमा हरेक दिन सांगीतिक प्रस्तुति रहने छ । फेस्टिभल अवधिमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश लामिछाने र गगन थापा लगायत वक्ता हुनेछन् । फेस्टिभल फरक क्षमता भई अब्बल रहेका व्यक्तित्वहरूको सेसन फरक अब्बल हुँदैछ । सुदूरका सिंहदरबार शीर्षक सेसनमा दार्चुला, गोरखा तथा मनाङका स्थानीय जनप्रतिनिधिहरू सहभागी हुँदैछन् ।
फेस्टिभलको सुरु दिन कवि नवराज पराजुली र उज्जवल सागरको प्रस्तुति रहने छ । फेस्टिभलमा संगीतकार गोपाल योञ्जनको सम्झनामा गोपाल सांगीतिक प्रस्तुति हुनेछ । फेस्टिभल निर्देशक नीरज भारीले अन्तर्राष्ट्रिय लेखक, कलाकार, बुद्धिजीवी र राजनीतिज्ञहरूबीच फेस्टिभललाई एक तटस्थ मञ्च बनाइएको बताए । उनले कला, साहित्यको प्रवद्र्धनमात्र नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिने विश्वास व्यक्त गरे । भारीले भने, ‘विचार विमर्शले देशका उच्च पदस्थ व्यक्ति एवं सरोकारवालालाई जवाफदेही बनाउन सघाउँछ र सचेत समाज निर्माण पनि भूमिका निर्वाह गर्नेछ ।’
६ दिनसम्म चल्ने फेस्टिभलमा ‘शब्द शक्ति उत्सवको एक दशक’ नारा सहित अर्थशास्त्री एवं काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेको विद्वत् प्रवचन दिनेछन् । पत्रकार सम्मेलनमा फेस्टिभेलका सदस्य भरत कोइरालाले पोखरा र नेपाल लिटरेचर फेस्टिभल पर्याय बनिसकेको बताए । ‘यो फेस्टिभललाई पोखरावासीहरूले उत्सवपूर्वक प्रतीक्षा गरिहेका छन् । यसले हामीहरुलाई उत्साहित बनाएको छ,’ कोइरालाले भने ।
फेस्टिभलले पोखरालाई सभ्य एवं सुसंस्कृत सहर बनाउन मद्दत गर्ने फेस्टिभलका सदस्य केशवशरण लामिछानेले बताए । फेस्टिभलकी सहनिर्देशक सुजाता खत्रीले देशविदेशबाट आउने पाहुनालाई सुन्दर नगरी पोखरामा स्वागत गर्न आतुर रहेको सुनाइन् । पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पोखराले फेस्टिभलको अपनत्व ग्रहण गर्दै गएको बताइन् । पत्रकार विकास रोकाले कोभिडका कारण अघिल्लो वर्ष रोकिएको फेस्टिभललाई पोखरेलीहरुको साथ र सहयोग लिएर फेरि निरन्तरता दिइएको बताए ।









गण्डकीमा ३६४ प्रसूति केन्द्र, घरमै सुत्केरी हुनेको संख्या २०० भन्दा कम
निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सार्वजनिक, सुझाव माग
समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया